गृहमन्त्रीको राजीनामा माग्दै प्रदेश २ को विभिन्न जिल्लाहरूमा प्रदर्शन


काठमाण्डौ, ३१ भाद्र, २०७७ । पुजारी स्व. श्रीराम साह हत्याकाण्ड’मा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय एकता अभियानले सप्तरी, राैतहट र धनुषामा प्रदर्शन गरेकाे छ ।

प्रदेश २को प्रदेश प्रहरी कार्यालयले ‘पुजारीको हत्या लेनदेनको कारण भएको’ भन्दै सार्वजनिक गरेको लिखित प्रतिवेदन घोर आपत्तिजनक र निन्दनीय रहेकाे भन्दै अभियानले गृहमन्त्री रामबहादुर थापा बादलको राजिनामा माग गरेको छ ।

‘राष्ट्रीय एकता अभियान’का उपाध्यक्ष सुनीता साहको नेतृत्वमा सप्तरीको राजबिराजमा प्रदर्शन भएको छ भने रौतहटको जिल्ला संयोजक शंकर दासको नेतृत्वमा कटहरिया नगरपालिकामा प्रदर्शन प्रदर्शन भएको हाे । त्यस्तै जनकपुमा पनि अभियानका नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् ।

पुजारी हत्या सम्बन्धमा प्रकाशित अन्य सामाग्रीहरु

१) नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहद्वारा हनुमान मन्दिर बनाउने घोषणाको सामाग्री
२) १३ औं दिनमैं समातिए हत्यामा संलग्न २ जना आरोपी, घोषणा भएको भोलीपल्टै पुजारीको सम्मानमा मन्दिर शिलान्यास सम्पन्न
३) UPDATE | स्वर्गीय पुजारी श्रीराम साहको परिवार भन्छन्ः आर्थिक लेनदेन हत्याको कारण हुन सक्दैन (भिडियो)
४) UPDATE | पुजारी हत्या सम्बन्धमा गलत रिपोर्ट दिनेलाई कारवाहीको माग
५) ‘पुजारी श्रीराम साहको हत्या’बारे प्रहरीद्वारा जारी अनुसन्धान प्रतिवेदनप्रति ‘नेपाल विश्व हिन्दु महासंघ’को ध्यानाकर्षण

अभियानका केन्द्रीय संयाेजक विनय यादवले भने, ’प्रहरीको प्रतिवेदन घटनाको वास्तविकतालाई ढाकछोप गर्ने उदेश्यले अभिप्रेरित मात्र नभई सम्पुर्ण साधूसन्त समाजमाथिको पनि प्रहार हो । आफ्नो निजी सम्पती बेचेर मठ मन्दिर बनाउने सन्त श्रीराम साहले कुनै पनि आर्थिक लेनदेन नगरेको उनको परिवारका सदस्यहरू एवंम उनको हत्याको आरोपमा पक्राउ गरिएका दुईजना आरोपीहरूका परिवारले समेत प्रस्ट पारिसकेको अवस्थामा प्रहरीले त्यसखाले प्रतिवेदन जारी गर्नु सन्त स्व. श्रीराम साहमाथी मात्र नभई सम्पुर्ण हिन्दू समाजको आस्थामाथीको प्रहार हो ।’

अभियानका कार्यकर्ताहरूले कसकाे दवावमा झुठो प्रतिबेदन बनाइयाे, गृहमन्त्री जवाफ देउ, प्रहरी प्रतिबेदन खारेज गर, हत्यारा लुकाउने प्रयास किन ?,सन्त श्रीराम साहको हत्याको छानबिन गर्न बिशेष समिती बनाउ, साधुसन्तमाथीको हमला बन्द गर, हिन्दु समाज एक हौ, गृहमन्त्री राजीनामा देउ, हिन्दुबिरोधि कम्युनिस्ट सरकार मुर्दावाद र सन्तको चरित्र हत्या गर्ने प्रहरीलाई कार्वाही गर भन्दै सरकारविरूद्द नाराबाजी लगाएका थिए ।


Loading comments...