Lifestyle Portal
  •   २४ फाल्गुन २०७७, सोमबार
kautelya

चाणक्य नीतिबाट यी कुराहरु हरेक मानिसले सिक्न सकिन्छ

२२ मंसिर २०७५, शनिबार १६:४७

ऋाचार्य चाणक्यका नीतिले मानव जीवन जिउने सही तरिका सिकाउँछ । सफल जीवन जिउन के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने कुरा चाणक्यले आफ्नो नीतिमा भनेका छन् । जुन मानव जीवनमा पूर्ण रुपमा लागु हुन्छन् । चाणक्य नीति पालना गर्दा जीवन सुख, शान्ति र तनाव मुक्त हुने विश्वास गरिन्छ । चाणक्यले जीवनमा सिक्नै पर्ने केही कुरा भनेका छन्, जुन यसप्रकार रहेका छन् ।

व्यक्तिगत जीवन आफैसँग राख्ने : आचार्य चाणक्यले भनेका छन्, हरेक मानिसले आफ्नो व्यक्तिगत जीवन आफैसँग राख्नुपर्ने बताएका छन् । व्यक्तिगत जीवनलाई सामाजिक बनाउन नहुने उनको सल्लाह छ । जो मानिसले व्यक्तिगत जीवनलाई सामाजिक बनाउँछ, त्यस्ता मानिसलाई पछि गएर समस्या पर्ने उनको भनाई छ ।

धैर्य रहने : चाणक्यले आफ्नो श्वलोकमा भनेका छन्, धैर्य अनिवार्य राख्नुपर्छ । जतिसुकै खराब परिस्थितिमा पनि धैर्यता तोड्नु हुँदैन् । परिस्थिति आफू प्रतिकुल हुँदा पनि धैर्य रहनुपर्ने चाणक्यको सल्लाह छ । कागले अन्तिमसम्म धैर्यता राखेर बस्छ र अन्यमा मात्र हमला गर्छ त्यसपछि मात्र उसको पेट भरिन्छ ।

सधै सावधान रहने : चणक्य भन्छन्, यदी तपाई ठूलो मानिस बन्नुछ भने सधै सावधान रहनुपर्छ । आफ्नो चारैतर्फ हेर्नुपर्छ र हरेक कुरा बुझ्नुपर्छ अनिमात्र आफ्नो अगाडीरहेको मानिसलाई पनि बुझ्न सकिन्छ ।

कसैप्रति भरोसा नगर्ने : मानिसले अधिकांश धोका र दुःख विश्वास गरेकै मानिसबाट पाउँछ । त्यसैले सकैमाथि पनि विश्वास गर्नु हुँदैन भन्ने चाणक्य नीतिको तर्क छ । हामीले आफ्नो लागि नयाँ साथी र सम्बन्ध खोज्छौँ तर उनीहरुले ढोका दिने गर्छन् । कागले कसैमाथि पनि विश्वास गर्दैन् । उसले आफूमाथि भरोसा गर्छ र त्यही कारणले ऊ सफल हुन्छ । चाणक्य नीतिबाट साभार ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । भारत अध्ययनार्थ जान चाहने विधार्थी हरूको रोजाईमा हाल गुजरातको नाम अग्रपंक्तिमा आइरहेको छ। गुजरात भारतकै सम्पन्न प्रदेश, सुरक्षित,

काठमाडौं। एक निर्लज्ज जोडीले सार्वजनिक पार्कमा थुप्रै मानिसहरु र कैयौं परिवारकै अगाडि खुल्लमखुल्ला यौनसम्बन्ध राखिरहेको देखिएपछि त्यहाँका सर्वसाधारण आक्रोशित भएका

काठमाडौं। गिना स्टेवार्टले आफू हजुरआमा भएको बताउँदा मानिसहरुले विश्वास गर्दैनन् । उमेरलाई चुनौती दिने यी मोडल संसारकै हट हजुरआमाको रुपमा

जुन दिन तपाई आफ्नो पूरा जिम्मेवारी लिनु हुन्छ, जुन दिन तपाई बहाना बनाउन बन्द गर्नुहुन्छ, त्यसै दिन तपाई शिखरतिरको यात्रा