Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

यस्तो छ आजको मौसम

२२ मंसिर २०७७, सोमबार ०८:१३

लोकप्रिय

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९–२१ डिग्री सेल्सियस पुग्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए

“अहिले बिहान सामान्य हुस्सु रहेको काठमाडौं उपत्यकामा दिउँसोसम्म फाटेर जाने र अपरान्हपछि मौसममा बदली रहेको छ,” मौसमविद् प्रधानाङ्ग भन्छन् ।
प्रदेश–१, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ भने प्रदेश–१ को पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिए ।

तराईका केही स्थानमा बिहान तुवाँलो लागे पनि मध्यान्हसम्म फाटेर मौसम सफा हुने उनले बताए । तराईका जिल्लाामा हुस्सुसँगै तापक्रममा कमी आउने भएकाले चिसोबाट बच्न सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै