भारतीय प्रसिद्ध लेखक मंगलेश डाबरलको कोरोनाको कारण निधन


एजेन्सी । प्रसिद्ध हिन्दी भाषा लेखक, साहित्य प्रतिष्ठान पुरस्कार विजेता कवि मंगलेश डाबरलको निधन भएको छ । भारतीय नवजीवन वेवले उनको
आज (बुधबार) निधन भएको जनाएको हो।

मंगलेश डाबरल कोरोनाबाट संक्रमित थिए र उनको उपचार भइरहेको थियो। मंगलेश डाबरल समकालीन हिन्दी कविहरूमा सबैभन्दा लोकप्रिय नाम हो।

डाबरलको जन्म १४ मे १९४९ मा भरतको उत्तराखण्डको टिहरी गढवालको काफलपानी गाउँमा जन्म भएको थियो। उनको शिक्षा दीक्षा देहरादुनमा भएको थियो ।
मंगलेश डाबरल हिन्दी पैट्रियट, प्रतिपक्ष र दिल्लीको छेउछाउमा काम गरेपछि उनी भोपालको मध्य प्रदेश कला परिषद, भारत भवनबाट प्रकाशित साहित्यिक त्रैमासिक पूर्वाग्रहमा सहायक सम्पादक थिए।

मंगलेश डाबरल १९६३ मा जनसत्तामा साहित्य सम्पादकको पदमा थिए। केही समय उनले सहारा समयमा सम्पादकको रूपमा पनि काम गरे।

मंगलेश डाबरलका पाँच कविता संग्रह प्रकाशित भइसकेका छन।


Loading comments...