Lifestyle Portal
  •   २ भाद्र २०७९, बिहीबार

कञ्चनपुरका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको भन्दै प्रकाशित गरिएको समाचारको एसएसबीद्वारा खण्डन

२६ पुष २०७७, आईतवार २१:०६

कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको भन्दै प्रकाशित गरिएको समाचारको एसएसबीले खण्डन गरेको छ।

केही सन्चारमाध्यमहरूले झण्डै २ वर्ष पुरानो भिडियो प्रयोग गरेर एसएसबीले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको समाचार प्रशारण गरेपछी एसएसबीका एक अधिकारीले उक्त समाचारको खण्डन गरेका छन्।

नाम नबताउने शर्तमा सो अधिकारीले भने, “भिडियो यस्तो गरी प्रस्तुत गरिएको छ की एसएसबीद्वारा नेपाली मुक्तहलिया परिवारलाई घर बनाउन अवरोध खाडा गरिदैछ। तर यर्थातमा त्यस्तो कुनै पनि कार्य भारतीय पक्षबाट भएको छैन।”

ती अधिकारीले भारतीय सुरक्षाकर्मीद्वारा त्यस्ताे कुनै पनि प्रकारको गतिविधि नगरिएको प्रष्ट पार्दै सीमा नजिक बस्ने कुनै पनि नेपालीलाई समस्या पर्ने कार्य नगरिएको ठोकुवा गरे।

नेपालको सशस्त्र सीमा बललाई पनि यस विषयमा जानकारी गराइएको उनले बताए। नेपालको सशस्त्र सीमा बलबाट बुझ्दा पनि भारतीय सुरक्षाकर्मीद्वारा कंचनपुरमा त्यस्तो कुनै गतिविधि नभएकाे जानकारी प्राप्त भएकाे छ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै