
सुन प्रतितोला ९ सय रुपैयाँले घट्यो
२२ माघ २०७७, बिहीबार १३:३८
नेपाली बजारमा बिहीबार सुन तोलामा ९ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । बुधबार छापावाल सुन ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
आज अन्तरार्ष्ट्रिय बजारमा सुन प्रतिऔंस १८२३ डलर र चाँदी प्रतिऔंस २६.४९ डलरमा कारोबार भइरहेको छ। बुधबार सुन १८४१.७४ डलर र चाँदी २६.९७ डलरमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपाली राजनीतिको पछिल्लो इतिहास हेर्ने हो भने यो २०४६ सालदेखि अति नै अस्थिर रहँदै आएको देखिन्छ। अहिले नेपालको राजनीति अति
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री आजबाट खुला गरेको छ । कम्पनीले सुरुमा फागुन
चिन्तामणि शिवाकोटी। सम्मानित केन्द्रीय बैंकको गरिमामय डेपुटी गभर्नरको पदको कार्यकाल पुरा गरी मिति २०७७ फाल्गुण १८ देखि सेवानिवृत्त भएको छु
उदयपुर, फागुन १५ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत छोटो समयमा धेरै