Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

यस्तो थियो सि.डि.विजयको द भ्वाइस अफ नेपालको यात्रा

२९ मंसिर २०७५, शनिबार १४:१३


गए राती कतारको दोहामा द भ्वाइस अफ नेपालको फाइनल सम्पन्न भएको छ । चार ट्यालेन्टहरु मध्येबाट भोटिङ्गको आधारमा टिम दिपका सि.डि.बिजय अधिकारी प्रथम द भ्वाइस अफ नेपाल भएका छन् । सांगितिक क्षेत्रमा निरन्तर साधनारत सि.डि.बिजयले विद्यालय तथा कलेज स्तरमा सञ्चालन भएका विभिन्न सांगितिक प्रत्योगितामा समेत सफलता प्राप्त गरेका थिए ।

बाबुआमाको नाम लाई आत्मसाथ गर्ने बिजयको नामको अघिको सि.र डि को अर्थ बाबु चन्द्रकान्ता र आमा दुर्गा रहेको छ  । द भ्वाइस अफ नेपालको मञ्चमा दैब हे बोलको गित मार्फत भ्वाइसको ब्लाइन्ड राउन्डमा आफनो प्रस्तुति पस्केका अधिकारीले कोच प्रमोद र कोच अभयाको मन जित्न सफल रहे । ब्लाइन्ड अडिसनबाट कोच प्रमोदको साथ लिएका अधिकारीलाई ब्याटल राउन्डमा कोच दिपले स्टिल गर्नुभएको थियो । ब्याटल राउन्डमा उनी योगेन्द्र उपाध्यायसँग देखिएका थिए । मदरल्याण्ड स्कुल पढेका अधिकारी हाल पृथ्वीनारायण क्याम्पसमा वि।वि।ए। तेस्रो वर्षमा अध्ययनरत छन । उनी पी एन सी आइडल २०१० को विजेता पनि हुन भने उनी खोजी प्रतिभा २ र प्रथम विग आइकन २०१० मा दोस्रो स्थान हात पारेका थिए । विजयले रेडियो नेपालले बार्षिक रुपमा सञ्चालन गर्ने गायन प्रतियोगितामा समेत प्रथम स्थान हासिल गरेका थिए ।

पहिलो द भ्वाइसको उपाधीलाई चुम्दै गर्दा सि डि बिजयले सम्पूर्ण कोच तथा ट्यालेन्टहरुलाई धन्यवाद व्यक्त गरे । आफूलाई भोटिङबाट तथा आफ्ना गीतहरु सुनेर विश्वभरबाट समर्थन गर्ने तथा माया गर्ने लाखौं दर्शक श्रोताहरुलाई धन्यवाद दिंदै बिजेता सिडि बिजयले भने, “यो क्षण मेरो साङ्गीतिक जीवनकै अविस्मरणीय क्षण हो ।” बिजेताले नगद रु २५ लाख, रु १० लाख बराबरको रेकर्डिङ, एउटा कार साथमा वर्ल्ड टुर प्राप्त गर्नेछन् ।

हेर्नुहोस, द भ्वाइस अफ नेपालको मञ्चमा सि.डि.विजय अधिकारीको स्वरमा गुञ्जीएका केही अमर प्रस्तुतिहरु ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै