Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

देशभर वर्षाको सम्भावना

२८ माघ २०७७, बुधबार ०९:००

काठमाडौं- देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली भइ पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम प्रभावित भएको हो ।

अहिले देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशसहित प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि समान्य बदली भएको छ । अरु स्थानको मौसम भने सामान्यतया सफा छ ।

बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

यस्तै राति बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश २ र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ ।

बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

यसैबिच उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु/कुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै