
बडिबिल्डिङ च्याम्पियनसिपमा नेपालको स्वर्ण पदक
१ पुष २०७५, आईतवार २०:४६
थाइल्यान्डमा सम्पन्न १० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्णपदक हात पारेको छ । नेपालका महेश्वर महर्जनले ७५ केजी तौल समुहमा स्वर्ण जितेका छन् । शारीरिक सुगठनका क्षेत्रमा यो नेपालको लागि हाल सम्मकै ठूलो सफलता हो ।
थाइल्यान्डमा १४ डिसेम्बरबाट सुरु भएको ‘१० औं विश्व बडीविल्डिङ फिजिक्स स्पोटर्स च्याम्पियनसीप’ मा नेपालबाट मानन्ध सहित दुई खेलाडीले भाग लिएका थिए । ‘फिटनेस एन्ड फिजिक्स’ विधामा १७० सेन्टिमिटर उचाई समुहमा बिमल श्रेष्ठले भाग लिएका उनी चौंथो भए । ‘फिटनेस एन्ड फिजिक्स’ विधामा सुगठित शरीरका साथसाथै खेलाडीको समग्र शारिरीक दक्षता, लुक्स तथा हाउभाउ पनि हेरिन्छ ।
मानन्धरको समुहमा १२ राष्ट्रका बडीबिल्डरर्सहरु प्रतिस्पर्धामा थिए । उनीहरुबाट टप ५ को छनोट गरिएको थियो । टप ५ मा नेपालसहित भारत, सिंगापुर, थाइल्यान्ड, उब्जेकिस्तानका बडीबिल्डर छनोट भएका थिए । शनिबार थाइल्याण्डको लोटस होटलमा भएको फाइनल राउन्डमा महर्जनले अन्य प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण जित्न सफल भए । भारतका जयप्रकाशले दोस्रो स्थान हात पारे भने सिंगापुरका खेलाडी तेस्रो भए, थाइल्यान्डका चौंथो र उज्बेकिस्तानका खेलाडीले पाचौं स्थान प्राप्त गरे।
हाल ३५ वर्षका महर्जनले यसअघि पनि भुटानमा आयोजित ५० औं एसियन बडिबिल्डिङ च्याम्पियनसीपमा स्वर्ण पदक जितेका थिए । उनी नेपालमा हुने बडिबिल्डिङ प्रतियोगिता धर्म श्रीको १३ औं संस्करणका विजेता हुन् भने यसपालीको धर्मश्रीमा पनि ७५ केजी समूहमा उनले स्वर्ण जितेका थिए ।
एसियन च्याम्पियनसीपमा गोल्ड मेडल जितेको आधारमा एसोसिएशनले थाइल्यान्डमा महर्जनलाई पठाउने निर्णय गरेको थियो । यसका लागि ६ महिनादेखि उनले तयारी गरिरहेका थिए ।
बडी बिल्डिङको तयारी भनेको जिम गर्ने मात्र होइन । यसमा खानपानमा नियन्त्रण सबैभन्दा प्रमुख कुरा हो । महर्जनले भात खान त निकै अगाडिदेखि छाडेका थिए । यस्तै चिल्लो–पिरो पनि बारेका थिए । उनी दैनिक ३० वटा अन्डा ‘सेतो भाग मात्र’ खान्थे भने एक किलो कुखुराको ब्रेस्ट खान्थे । दैनिक ८ घन्टा जिम गर्थे । प्रतियोगिताको केही दिन अगाडिदेखि खेलाडीहरुले सामान्य पानीसमेत पिउँदैनन् । उनीहरु ब्याट्रीमा हालिने डिस्टिल्ड वाटर मात्र पिउँछन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै