Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

विश्व नम्बर १ टेनिस स्टारलाई ‘हनीट्रयाप’मा फसाउन मोडललाई ८० लाख अफर

१६ चैत्र २०७७, सोमबार २३:०५


काठमाडौं। सर्बियाकी मोडलनतालिजा स्केकिकले एक सनसनीपूर्ण खुलासामा आफूलाई विश्वका नम्बर १ टेनिस स्टार नोभाक जोकोभिचसँग सेक्स टेप बनाउनको लागि ६० हजार युरो (८० लाख रुपैयाँ)को अफर गरिएको खुलासा गरेकी छिन् । यी इन्स्टाग्राम स्टारले युरोपेली म्यागजिन स्वेट एण्ड स्क्याण्डलसँग कुरा गर्दै यो डीको उद्देश्य नोभाकको वैवाहिक जीवनलाई बर्बाद गर्नु रहेको पनि बताएकी छिन् ।

उनले भनिन् ‘यो सत्य हो कि मसँग एक व्यक्तिले सम्पर्क गरेका थिए । मैले ती व्यक्तिलाई पहिलेदेखि चिन्थें र उनलाई गम्भीर व्यवसायिक सम्झिन्थें । उनले मसँग डेटको बारेमा सोधेपछि मलाई लागेको थियो कि उनी मसँग व्यवसायिक सिलसिलामा कुरा गर्न चाहन्छन् । तर विस्तारै मलाई महसुस भयो कि यो मेरो जीवनसँग नभइ नोभाकको जीवनलाई बर्बाद पार्नको लागि एक षड्यन्त्र रचिँदै थियो ।’

उनले अगाडि भनिन् ‘ती व्यक्तिले मलाई भने कि मैले नोभाकलाई रिझउनुपर्नेछ र उनलाई एउटा रोमान्टिक स्थानमा लगेर उनीसँग सेक्स टेप सुट गर्नुपर्नेछ । मलाई उनले मजाक गरेजस्तो लागेको थियो तर उनी पूर्ण रुपमा गम्भीर थिए । उनले मलाई भने कि यो कामको लागि मैले ६० हजार युरो र विश्वमा कहिँ पनि विदा मनाउन ‘होलिडे ट्रिप’ पाउँछु ।’

मोडलले भनिन् ‘उसको कुरा सुनेर मलाई धेरै रिस उठ्यो मलाई उनको अनुहारमा पानी फ्याँकिदिन मन लागेको थियो तर त्यो सार्वजनिक ठाउँ थियो । मैले आफ्नो सामान उठाएँ र त्यहाँबाट हिँडें । म आशा गर्छु कि यो काम गर्न चाहने कुनै अर्की युवती भेटिने छैनन् किनकि यो नोभाकमाथि ज्यादती हुनेछ ।’ उनले अगाडि भनिन् ‘नोभाक विश्वका उत्कृष्ट खेलाडीहरुमा गनिन्छन् । उनी हाम्रो देशका ब्राण्ड एम्बेसेडर हुन् र आदर्श पारिवारिक व्यक्ति हुन् । म आशा गर्छु यो खुलासापछि अरु महिला पनि यो कामको लागि अगाडि आउने छैनन् ।

नोभाक र उनकी पत्नी जेलेनाको विवाह २०१४ मा भएको हो । नोभाक र जेलेनाको सम्बन्धलाई लिएर कैयौं किसिमका हल्लाहरु पनि चल्ने गरेका छन् । धेरै हल्ला चलिरहेका बेला २०२० मा नोभाकले भनेका थिए ‘म बुझ्न सक्छु मानिसहरुको लागि म र जेलेनाले डिभोर्स गर्न लागेको कुरा निकै रोचक हुन्छ । तर यस्तो छैन । किनकि हामी दुवैले एक अर्कालाई धेरै सम्मान गर्छौं र हाम्रो सम्बनध बलियो छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै