को बन्छ दोश्रो नेपाल आईडल ? यस्तो छ सम्भावना


नेपालको पहिलो र सबै भन्दा ठुलो पुरस्कार राशी भएको अन्तरस्ट्रिय फ्रेन्चाइज गायन रियालिटी सो नेपाल आईडल आईडल दोश्रो सिजनको अन्तिम चरणमा आइपुगेको छ । देशभरबाट अडिसनबाट छानिएका सय भन्दा बढी प्रतियोगीहरुलाई पछि पर्दै अहिले ४ प्रतिस्पर्धीहरुले फिनाले सम्मको यात्रा तय गरेका छन् जसमा झापाका सुमित पाठक र अश्मिता अधिकारी , पोखराकाका बिक्रम बराल र धनगडीका रबि ओड रहेका छन् ।

यी मध्ये सुमित पाठक र बिक्रम बराल अडिसनमै उत्क्रिस्ट प्रस्तुति दिएर गोल्डेन माईक जित्ने प्रतियोगी पनि हुन् । नेपाल आईडल अन्तिम चरणमा आईपुग्दा अहिले को बन्छ त् नेपाल आईडल सिजन २ को बिजेता भन्ने बिसय सबैको चासोको विषय बनेको छ । सम्पुर्ण प्रतियोगीका सुभाचिन्तकहरू उतिकै छन् र उनीहरु आफ्ना प्रिय प्रतियोगीले नै आईडल जित्नु पर्छ भन्दै जिताउन लागिपरेका छन ।आउनुहोस् समिक्क्षा गरौ को बन्छत् दोश्रो नेपाल आईडल बिजेता ?

नेपाल आईडलको दोश्रो सिजन कसले जित्छ भन्नेकुराको निर्धारण २ कुराले गर्दछ ५० प्रतिशत दर्शकको भोट र ५० प्रतिशत निर्णयकहरुको निर्णय । पहिलो सिजनमा सम्पुर्ण अधिकार दर्शकहरुको भोटमा थियो र अत्यधिक भोट ल्याएर बुद्ध लामा पहिलो नेपाल आईडल बने । पहिलो नेपाल आईडल बिजेता गायकी भन्दा बढी भोटको कारणले बनेको भन्ने गुनासो आए पश्चात यसलाई परिमार्जन गर्दै नेपाल आईडलले दोश्रो सिजनमा ५०% भोट र ५० % निर्णायकहरुको निर्णयले नेपाल आईडल चुनिने व्यबस्था ल्याएको छ ।

यी चार प्रतियोगी हरुका सुभचिन्तकहरु पनि उतिकै छन् र सबै प्रतियोगी गायनमा पनि उतिकै आबल छन् तर आईडल बन्ने १ जना मात्र हो । मेरो नजरमा नेपाल आईडल दोश्रो सिजनको बिजेता बन्ने प्रबल सम्भवन बोकेका दुई प्रतियोगी हुन् बिक्रम बराल र रवि ओड । पोखरा बाट अडिसन दिएका बिक्रम बरालको गायकी देखेर निर्णायकहरुनै चकित छन् । अडिसन मै उत्क्रिस्ट प्रस्तुति दिएर गोल्डेन माईक जितेका बिक्रम बराल आधुनिक , सास्त्रीय , पप , रक समुपुर्ण विधाका गीत कुसलता पुर्बक आफ्नै सैलीमा गाउन सक्छन ।

फत्तेमन देखि अल्बर्टस सम्मका गीत सजिलै संग गाउन सक्छन उनि । गायकी राम्रो भएता पनि भोटका कारण प्राय डेन्जर जोनमा पर्ने बिक्रम लाई रवि ओडले भोटका कारण जित्ने सम्भावना छ । रवि ओड अहिले सम्म त्यति भोट कम भएका कारण डेन्जर जोनमा परेका छैनन् । उनले अन्य प्रतियोगीको भन्दा अत्यधिक भोट ल्याउने पक्का छ र भोटको आधारमा उनले नेपाल आईडल जित्ने पनि पक्का छ ।

नेपाल आइडलमा विक्रम र सुमित गोल्डेन माइक पाएका प्रतिस्पर्धी हुन् । रबि र अस्मिता आफुलाई अपग्रेट गर्दै अगाडी बढेका प्रतिष्पर्धी हुन् । रबि दुईटा प्रदेशका एक्ला प्रतिष्पर्धी भएकाले पनि अधिक भोट पाउने संम्भाबना देखिएको छ । कान्तिपुर टेलिभिजनको ‘द भ्वाइस अफ नेपाल’मा पोखराबाट प्रतिनिधित्व गरेका सिडी विजय अधिकारी र नेपाल आइडलका विक्रम बरालको भोट बाडिँदै आएको थियोे ।

एउटै क्षेत्रबाट दुई प्रतिष्पर्धी हुँदा भोट बाँडिने संभावना अत्याधिक हुन्छ । झापाका सुमित पाठक र अस्मिताको पनि भोट बाडिँदा रबि ओड र विक्रम बराललाई फाइदा पुग्नेछ । यसमा रबि प्रदेश ५ र ६ का एक्ला प्रतिष्पर्धी भएको फाइदा उनलाई जान्छ आफ्नो मनपर्ने प्रतियोगीलाई भोट गर्न कायम राख्नुहोस र आफ्नो प्रिय प्रतियोगीलाई नेपाल आईडल दोश्रो सिजनको विजेता बनाउनुहोस् । चारै जना प्रतियोगीलाई लाइभमान्डुको शुभकामना

https://www.youtube.com/watch?time_continue=9&v=K8oh6oGzLNQ


Loading comments...