Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार
NRB

राष्ट्र बैंकद्वारा ५० करोडको बैदेशिक रोजगार बचतपत्रको विक्रीआह्वान

११ जेष्ठ २०७८, मंगलवार २२:१६


काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्रको बिक्री आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार यही जेठ १३ गतेबाट पाँच वर्षे अवधिको बैदेशिक रोजगार बचतपत्र २०८३ (पाँच बर्षे) को बिक्री आह्वा गरिएको हो ।

बिक्री खुल्ला हुने अवधि यही जेठ १३ गतेदेखि २०७८ असार तीन गतेसम्म तोकिएको बचतपत्रको निष्काशन मिति भने २०७८ असार आठ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बचतपत्रको सावाँ भुक्तानी मिति २०८३ असार आठ गते तोकिएको छ ।

वार्षिक १० प्रतिशत व्याजदर तोकिएको र व्याजकर लाग्ने बचतपत्रको व्याज भुक्तानी प्रत्येक छ र छ महिनामा हुुनेछ । राष्ट्र बैंकका अनुसार बैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले बचतपत्र खरिदको लागि आवेदन दिन सक्ने छन् ।

खरिद गर्न पाउने सीमा घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्ने छन् ।

राष्ट्र बैंकका अनुसार खरिद गरिएको बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दिन समेत सकिने छ । बचतपत्र खरिदको लागि सिटिजन्स बैंक इन्टरनेशनल, नबिल बैंक, सेञ्चुरी कर्मसियल बैंक, प्रभु बैंक, सिटी एक्सप्रेस, प्रभु मनी ट्रान्सफर सहितका १२ वटा संस्थाहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो

नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा