nepal idol final

यसरी लिन सकिन्छ नेपाल आइडलको फाइनलको टिकट


पहिलो सिजनको सपार सफलता पछी दोश्रो सिजन सुरु गरेको नेपाल आइडल अहिले फाइनल नजिकै पुगेको छ । पहिलो सिजनमा कतारमा फाइनलको कार्यक्रण राखेको आइडलले यो साल भने ग्राण्ड फिनाले यही पुस ६ गते ललितपुर पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा सााझ ५ बजे हुँदैछ ।

उक्त कार्यक्रमको टिकट टिकट ई–सेवा मार्फत लिन सकिने नेपाल आइडल टिमले जनाएको छ । टिकट शूल्क ५००, १०००, १५०० र २००० हजार रुपैयाँ रहेको छ ।

उपाधिका लागि पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवी ओडले फिनाले प्रतिस्पर्धामा छन् । उनीहरुले गत हप्ता नै फिनालेका लागि प्राप्त हुने भोटका लागि आफ्नो प्रस्तुती दिइसकेका छन् । आगामी शुक्रबार (६ गते) साँझ ५बजेसम्मका लागि भोटिङ लाइन खुला गरिएको नेपाल आइडलले जनाएको छ ।

‘नेपाल आइडल’ सिजन वानको शिर्ष उपाधि पोखराका बुद्ध लामाले उचालेका थिए । उक्त सिजनमा फष्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दास भएका थिए । गत वर्ष तीन जनालाई फिनालेमा पुर्याइएको थियो भने यो पटक चार जनालाइे फिनालेमा लगिएको हो ।

विक्रम र सुमित अडिसन राउण्डमा गोल्डेन माइक पाएका प्रतिस्पर्धी हुन् । गोल्डेन माइक पाएका अन्य दुई जना प्रतिस्पर्धी निलिमा थापा मगर र मीनराज पौडेल बाहिरिसकेका छन् । नेपाल आइडल सिजन–२ का विजेताले २२ लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर जित्ने छन् ।


Loading comments...