Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

महिनावारीको समय बिदा दिने देश

८ पुष २०७५, आईतवार ०८:५२


महिलाहरुको जीवनमा हरेक महिनाको महिनावारी भएको समयलाई संवेदनशील समय मानिन्छ । यस समयमा उनीहरुको मानसिक, शारीरीक अनि संवेगात्मक अवस्थामा धेरै परिवर्तन हुने अनि उक्त समयमा पीडा अनि केही अन्य स्वास्थ समस्या हुने पनि हुनसक्दछ ।
महिनावारीको समयमा महिलाहरुलाई बिदा दिने या नदिने भन्ने वहस बिभिन्न दे शअनि महादेशमा चलिरहेको छ । एकातर्फ यस प्रक्रियालाई सामान्य प्रक्रिया मान्दै बिदाका साटो बरु महिलामैत्री कार्य वातावरणका कुरा भइरहेको छ भनें अर्कोतर्फ महिला अधिकारकर्मीहरु महिनावारी बिदाको कुरा उठाइरहेका छन् ।

यूरोपमा भनें एउटा देशले हालसालै महिनावारी बिदालाई आफ्नो नियममा सामेल गर्नलाई प्रावधान ल्याउन खोजेको छ । महिनावारीको समयमा आफूले चाहेमा बिदा लिनसक्ने प्रावधान ईटालीले ल्याउन खोजेको छ । हुन त महिनावारीको मियमा सबैजनालाई पीडा हुन्छ भन्ने त छैन तर जसलाई पीडा हुन्छ अनि असहज हुन्छ उनीहरुले बिदा लिन सक्ने गरि यो बिल बनाउन आँटिएको छ ।
वासिंगटन पोष्टका अनुसार यूरोप भरी महिलाहरुको कार्य गर्ने प्रतिशत ७२ प्रतिशतमा छ तर ईटालीमा भनें महिलाहरुको कार्य गर्ने प्रतिशत ६१ प्रतिशत मात्र रहेको छ । तसर्थ सरकारले महिलाहरुलाई काममा उत्प्रेरित गर्न यो महिलामैत्री प्रावधान ल्याउन खोजेको बताइन्छ । यसरी महिनावारीको समयमा बिदा लिएमा उक्त बिदाको पैसो नकाट्ने बताइएको छ ।
अहिलेसम्म जापान, ताइवात, दक्षिण कोरिया र इण्डोनेसीया जस्ता देशमा यस्तो बिदाको प्रावधान भएको बताइन्छ ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै