kanchanpur diaries

कन्चनपुरका घाइतेको लागी सांगीतिक कार्यक्रम


बिगत केहि महिना देखि जमघट हुदा र सबै मिडियामा निर्मला पन्तको रहस्यमय हत्याको नै कुरा हुन्छ । यत्रो समय सम्म सरकारले हत्यारा पत्ता लगाउन नसक्नुमा सरकारले उचित भूमिका खेलेको प्रस्ट देखिएको छ । यसको ज्वलन्त उदाहरण हो हत्यारा पत्ता लगाइयोस भनेर शान्तिपूर्ण आन्दोलन गर्दा १ जनाको ज्यान गएको थियो भने २ जना अझै अस्पतालको सैयामा जीवन मरणको दोशाधामा छन ।

भगतपुर महेन्द्रनगर बस्ने १६ बर्सिय सन्नी खुन्नाले अकालमा नै ज्यान गएको थियो भने २४ जना घाइते भएका थिए । उक्त घाइते मध्ये १८ बर्षीय अर्जुन भाद्राको दाहिने खुट्टामा प्रहरीको गोलि लाग्यो र तत्काल उपचारको निम्ति काठमाडौं ल्याइयो । बिरामी काठमाडौं आइपुग्दा र उपचारमा ढिलाइ हुदा अत्यादिक मात्रामा रगत बग्दा हाइपोक्सिक ब्रेन भयो र अर्धचेत अवस्थामा पुगे र एउटा खुट्टा समेत गुमाउन पुगे । ४ महिना देखि आमाले अस्पतालमा हेरचाह गर्दै आउनु भएको छ । छोरा छोरी सानै हुदा श्रीमान गुमाउन पुगेकी अर्जुनको आमाको गाउमा नै सानो खाजा पसल छ ।  तर लामो समय सम्म अस्पताल बस्नु परेको कारण कमाइ गर्ने केहि माध्यम छैन । अर्का घाइते सुरेन्द्र देउवाको पारिवारिक अवस्था पनी उस्तै छ ।

यी परिवारहरुलाइ आफ्नो घर पर्किएर आफ्नो ब्यबसाय सुरु गर्नको लागी स्वतन्त्र नागरिकहरुले यहि पौस २९ गते  झम्सीखेलको मोक्षमा सांगीतिक कार्यक्रम गर्दै सांगीतिक कार्यक्रम हुदै छ । पाच सय टिकट रहेको उक्त कार्यक्रमबाट उठेको सम्पूर्ण रकम घाइतेहरुको परिवारलाइ घर फर्किएर आफ्नो ब्यबसाय सुचारु गर्नको लागी प्रदान गरिने जेसन बैद्यले बताउनु भयो । १२ बजे देखि १९७४ ए.डी, मुक्ति एण्ड रिभाईबल, अल्बाट्रस, जोइन्ट फेमेली इन्टरनेसनल, नेवाज, स्पेस, काजुकी जेजे, एसम लगायत १० वटा नेपालका नाम चलेका ब्याण्डहरुले आफ्नो प्रस्तुति दिदै छन ।

अंग्रेजीमा पढ्नको लागी : Lest We Forget Kanchanpur Diaries


Loading comments...