Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार
family

बच्चालाई धेरै म्वाइँ नखानुस् यस्तो खतरा देखिन सक्छ

९ पुष २०७५, सोमबार ११:३३


बच्चालाई हेर्न तथा माया गर्दै म्वाइँ खान तछाडमछाड नै गर्छन् । यस्तोमा बच्चाको स्वास्थ्यमा असर नपरोस् भन्ने विषयमा पनि ख्याल राख्नु आवश्यक हुन्छ । अन्यथा, अभिभावकले गरेको सामान्य गल्तीका कारण बच्चालाई ठूलै असर पर्न सक्छ ।

सोही कारण बच्चालाई छुनुभन्दा पहिला हात धुने सल्लाह डाक्टरले पनि दिइरहेका हुन्छन् । बच्चालाई म्वाइँ खाँदा यस्ता असर पर्न सक्छन्ः

सानो बच्चाको इम्युनिटी पावर निकै कम हुन्छ । जसले गर्दा इन्फेक्सनले पनि चाँडै असर पुर्याउन सक्छ । सोही कारण यस्तो खराब बानीबाट जोगिनु सबैका लागि फाइदाजनक हुन्छ ।

बच्चालाई म्वाइँ खाँदा इबिबी भाइरस सर्ने खतरा रहन्छ । यो भाइरस एकपटक शरीरमा प्रवेश गरेपछि जिन्दगीभर नै रहिरहन्छ । रुघाखोकी लागेको समयमा त भुलेर पनि बच्चालाई म्वाइँ खाने गल्ती गर्नुहुँदैन । किनकि, रुघाखोकीको भाइरसले बच्चालाई चाँडै आक्रमण गर्न सक्छ ।

व्यक्तिलाई कुनै पनि प्रकारको रोग छ भने बच्चाबाट टाढै रहनु उत्तम हुन्छ । किनकि बच्चालाई त्यसले असर पुर्याउने सम्भावना बढी नै हुन्छ । बच्चालाई फ्लु हुने सम्भावना बढाउँछ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै