करेन्ट लागेर नेपाल आइडल रवि ओडकी आमाको मृत्यु


जीवन खुशी र दुख्खको संगम त सबैजनाले भनेकै थिए । । तर कहिलेकाँही जीवनमा एकैफेर बहुतै खुशी अनि दर्दनाक दुखको बाढी  आइदिन्छ कि मान्छे आँफै अक्क न बक्क पर्दछन् । गत हप्ता नेपालीहरु रवि ओडलाई शुभकामना अनि बधाई दिन आतुर थिए । समग्र सुदुर पश्चिम लगायत नेपाल नै रवि ओडको खुशीमा मुस्कुराँउदै थिए । तर आज बिहान रवि ओडको आमाको मृत्यूको खबरले खुशीका तन्तुहरु चिसा भएका छन् । एउटै हप्ता भरि यत्रो खुशी अनि पीडाको बहाव अचम्म छ ।
गत साता मात्र नेपाली रियालीटी शो नेपाल आइडोलमा दोश्रा नेपाल आइडलको उपाधी चुमेका रवी ओडलाई शुभकामनाको खात सकिनसक्दा मातृशोकको दर्द आइपुगेको छ । यो एउटा बिषम संयोग अनि दर्दनाक बियोग हो ।

दोस्रो ‘नेपाल आइडल’ रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ। सेती अञ्चल अस्पतालका अनुसार अस्पताल ल्याइपुर्‍याउँदासम्म ओडको मृत्यु भइसकेको थियो।करेन्ट लागे लगत्तै घाइते ओडलाई बुधबार बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याइको थियो। रविलाई जन्मदिने आमाको भने यसअघि नै निधन भइसकेको थियो। मृतक विष्णा ओडकी कान्छीआमा हुन्। आमाकाे मृत्युकाे खबर पाएपछि रवि पनि सेती अञ्चल अस्पताल पुगेका छन्।रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो।
रविलाई उनैले रेखदेख गर्दै आएकी थिइन्। रविका बाबु कामको सिलसिलामा भारतमा छन्।

नेपालमा सांगीतीक रियालीटी शोहरुको यस वर्षको निर्णायक घडी सकिसकेको छ । द भ्वाइस अफ नेपाल र नेपाल आइडल दुबै फरक फरक खाले मञ्च भएकाले यस वर्ष नेपालीहरुले फरक फरक मञ्च अनि चयनको स्वाद महसुस गर्न पाए ।
रवि ओड र सि डि बिजय अधिकारी जस्ता गायकहरु नेपाली गायन नक्षत्रमा थपिएका छन् यसवर्ष । यता द भ्वाइस अफ नेपालले पनि आफ्नो फेसबुक पेजमा रवि ओडलाई अनि शोकसन्तप्त परिवारलाई श्रदाञ्जली पनि दिएको छ । रवि ओडको यही जनवरी महिनावाट विश्व टुरको कार्यक्रमहरु तय गरिएको आयोजकले बताएका छन् । उन्को संगीत उन्को सारथी बनोस् । हामी सबै तिम्रो साथमा छौं रवि ओड ।


Loading comments...