Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

पहिलो पाईलाले पुर्व देखि पश्चिम सम्मका १,१९३ विपन्न बालबालिकालाई भाग्य बोक्ने झोला वितरण

१२ पुष २०७५, बिहीबार १०:२८


२०७५ साल वैशाख १ गतेबाट स्थापना भएको “पहिलो पाईला” संस्थाले देशका विभिन्न विधालयका विधाथिहरुका निम्ति र विभिन्न अनाथ, दुखि, असहायका निम्ति स्थापना कालदेखि नै काम गर्दै आएको छ।

पुर्वको झापा देखि सुदुरपश्चिमको कैलाली जिल्ला सम्ममा एक बर्ष नबित्दै १,१९३ विपन्न बालबालिकालाई भाग्य बोक्ने झोला वितरण गरेका छन् । पहिलो पाईलाकि अध्यक्ष्य प्रतिभा जि.सि.भन्छिन-“समस्त सहयोगी मन, देशप्रेमी युवा साथीहरू, पहिलो पाईला नेपालका सम्पुर्ण सदस्य वर्ग हरुको निरन्तरको अथक प्रयासको बलमा सम्पन्न भएको छ”।जि. सि थप्छिन्” सबै शाखाको एकता र सहयोग ले गर्दा आज हामी ठुलो सपना बुन्न खोजिरहेका छौँ।”

यश अभियान सप्पन्न मात्र भएको छैन यसले एक फरक तर पृथक अभियान लाई पनि जन्माएको छ ।यस संस्थाले बनाउदै छ कैलाली जिल्ला मोहन्याल गाउँपालिका वडा न ७ कचली गाउँमा एक “कचाली बाल शिक्षा सदन” ।।
यस्तै गरि पहिलो पाईलाले आफनो पाइला पछ्याउदै यस्तै सामाजिक कार्य जस्तै वाग्मती सरसफाइ अभियान, न्यानो माया अभियानमा सारिक भएको छ।

त्यसैगरी कर्णाली नदीको काखमा अबस्थित मोहन्याल गाउँपालिका स्थितको यो गाउँमा विधमान विविध सामाजिक समस्या हरुलाई निराकरण गर्न र यहाँका बालबालिकालाई शिक्षाबाट बन्चित नगराउन आफ्नो अभियान थालेका छन् ।कलिलो उमेरमा पढ्न टाढा २-३ घण्टा सम्म हिडेर जानुपर्ने अवस्था जसले गर्दा आफ्नो पढ्ने खेल्ने उमेरमा नै उनीहरु कामको खोजीमा भारत पस्ने गरेका छन्।
चिसापानी बाट करिब ३ घण्टाको हिडाइ प्रस्चात उक्त टोलि गाउँ पुगेका थियो ।यस संस्थाकि सद्स्य रक्षा भन्छिन, “पहिले पहिले मान्छे हरू रुखको टुप्पोमा चढेर फोन गर्थे र भन्ने कुरा सुनेको मात्र थिएँ तर जब त्यही दृश्य आफु सामु देख्न पुगे आश्चर्य चकित भए-“।
“गाउँ प्रवेश गर्दा बखत नै हामी भावुक भइ सकेका थियौँ, अव्यवस्थित बाटोका कारण हामीले समस्या भोग्नु परेको त थियो नै त्यसै माथी मोबाइल फोनको Network नटिपेर र बिजुलि बत्तीको अभावले हामीलाई झन आतन्कित बनायो ।” भन्दै संस्थाका सदस्य सुरज गिरी ले बताए।

विलासितापनमा लिप्त बनिसकेका उनिहरुलाई २५ घण्टा बिताउन पनि निकै असहज भइरहेको अनुभव उनिहरु सुनाउछन।त्यहाँका प्रत्येक समस्याहरुलाई आफैंले देखेर भोगेर थाहा पाईसकेपछि उनिहरु एक निचोडमा पुगे र जसरी हुन्छ उक्त स्थानमा विध्यालय निर्माण गर्ने अभिलाषा र दृढ संकल्पका साथ कैलाली जिल्ला निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य माननीय झपट रावल ज्युको प्रमुख आतिथ्यमा, संस्थापक अध्यक्ष प्रतिभा जि.सि र अन्य सामाजिक अभियन्ता हरुको उपस्थितिमा भवन शिलान्यास कार्यक्रम गरि उक्त स्थान बाट फर्की कैलाली जिल्ला कै अन्य ३ स्थानमा भाग्य बोक्ने झोला वितरण गरि काठमाडौं फर्किएका छन।
अबको उनिहरुको चुनौती र संकल्प भनेकै उक्त क्षेत्रमा विध्यालय भवन निर्माण गर्ने र उक्त स्थानमा शैक्षिक वातावरण सिर्जना गर्नु रहेको छ । उनिहरु चाहन्छन , शिक्षाको पहुँचबाट कोहि पनि टाढा हुनु नपरोस् ।,

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै