आफगानिस्तान छाड्ने अमेरिकी निर्णय


बहुतै चर्चामा छ अहिले अमेरिकी राष्ट्रपती ट्रम्पको आफगानिस्तान छाड्ने निर्णय, उनका अनुसार आधा भन्दा धेरै अमेरिकी सैनिकले अब आफगानिस्तान छाड्ने छन् । यो बिवादास्पद निर्णय हो र यस निर्णयको काबुल, दिल्ली, बर्लिन लगायत अन्य धेरै शहरहरुमा बिरोध पनि भइरहेका छन् । पछिल्ला समयमा भारतले आफगानिस्तानमा धेरै लगानी गरेको तथ्याकं छ र अब अमेरिकाले सुरक्षा कटौती गर्ना साथ आफगानिस्तानका भारतीय परियोजनाहरुको भविष्य धमिलो नै देखिएको छ ।
केहि अन्तराष्ट्रिय समाचार माध्यमले त अमेरिकालाई विश्वको प्रहरी भनेंर बिवादास्पद टिप्पणी पनि गरेको छ । आफगानिस्तानमा अमेरिकाले गरेका हस्तक्षेपलाई सञ्चार माध्यमले अमेरिका एक्लै ले गर्न सक्ने भएकाले गरेको र अब आफगानिस्तान र सिरियालाई पनि लिवीयाकै जस्तो बनाउने गैर जिम्मेवार कदम अमेरिकाले लिन खोजेको बताएको छ । हुुनत ७००० हतियार सहितका फौजलाई फिर्ता बोलाउने औपचारीक निर्णय नभएपनि नयाँ वर्षको शुरुवताी हप्तामै अमेरिकी सरकारले यो घोषणा गर्ने छेकछन्द रहेको लेखिएको छ । कहिँकतै ट्रम्प सरकार आँफै अब तालिवान संग शान्तीवार्ताका लागि पहल त गरिरहेको छैन, कतै अब अमेरिकी र तालीवान नै अव्यक्त सहकार्य गर्ने त हैन भन्ने तर्कहरु पनि विश्व बजारमा रहेको पाइन्छ ।
आफगानिस्तानीहरुले रगतको बहाव र मृत्यु रोजेका हैनन्, बहुमत आफगानिस्तानीहरुले शान्ती र समृद्धि खोजेका छन् । अहिलेका अफगानी राष्ट्रपती असरफ घानीको भनें आफगानिस्तानमा राम्रो पक्कड अनि बिश्वास भएको पाइएको छ । तथापी अमेरिकी फौजले अब छाडेपश्चात फेरि आफगानिस्तानको आन्तरिक सुरक्षा भनें ठूलो प्रश्नमा रहने पक्का छ । चक्कुको धारमा देशलाई ल्याएपछि अब देशवासीको गरदन काटिनका लागि छाडेर अमेरिकाले सेना झिक्न आँटेको आफगानिहरुको ठम्याई रहेको बिभिन्न अन्तरािष्ट्रय सञ्चार माध्यमले आफगानि जनताकै आवाजका रुपमा देखाएका छन् ।
आफगानिस्तानमा रहेको नाटो र अमेरिकी सैनिक मुख्य जनरल स्कोट मिलरले भनें तत्कालका लागि केही परिवर्तनको खबर आफुले थाहा नपाएको अनि अर्डर नआएको बताएको कुरा पनि उल्लेख छ । अर्कोतर्फ अमेरिका र आफगानिस्तानले सन् २०२४ सम्मका लागि दिर्घकालिन संझौता पनि गरेका छन् । बेलायतले आफ्नो सेना आफगानिस्तानमा बढोत्तरी नगर्ने घोषणा गरेको अवस्थामा अनि भारत लगायत अन्य मुलुकको आफगानिस्तानमा अरबौंको परियोजनामा लगानी भएको संवेदनशील समयमा अमेरिकी राष्ट्रपती ट्रम्पले सैनिक झिक्ने निर्णग नगर्लान भन्ने आशयहरु पनि छ ।
हेरौं अब अमेरिका अफगानीस्तान र अन्य देशको लगानीका लागि कत्तिको जिम्मेवार हुनेछ ।

-लाइभमाण्डु


Loading comments...