
जिपि अध्ययनकेन्द्रको कार्यसमिति गठन
२१ पुष २०७५, शनिबार २०:१८
जिपि कोईराला अध्ययन केन्द्र, कास्कीको कार्यसमिति विस्तार भएको छ । केन्द्र कास्कीका अध्यक्ष शिवनाथ सिग्देलले आज एक कार्यक्रम गरी कार्यसमिति विस्तार गरेका हुन् । विस्तारित कार्यसमितिमा उपाध्यक्ष विदुरमणि ढुङ्गाना, महासचिव सुरेन्द्र वावु तिवारी सचिव श्रीराम कडेंल, कोषाध्यक्ष एलिसा केसी रहेका छन् भने कार्यसमिति सदस्यहरुमा ध्रुवराज अधिकारी, भरत गुरुङ, प्रकाश कार्की, लक्ष्मी गुरुङ र नविन अधिकारी रहेका छन् ।
अध्ययन केन्द्र कास्की ले यस अगाडि नै ३ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार सदस्यहरुमा प्रा.डा. कुसुमाकर न्यौपाने, वरिष्ठ अधिवक्ता फणिन्द्र राज कोईराला रहेका छन् । संस्थाका सल्लाहकार डा. अजय थापाले संस्थालाई शुभकामना दिंदै संस्थाले गुट उपगुटमा नभई समग्र समुदायको लागि सामुदायिक क्रियाकलाप मार्फत राष्ट्रिय अभियान एवं स्थानीय सरकारका अभियानहरुमा टेवा पुर्याउँदै सहमति र सहकार्यको लोकतान्त्रिक संस्कृति निर्माणमा ईट्टा थप्ने कार्य गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै