amit khanal

युवा उद्यमी अन्तरक्रियामा अमित खनालको सहजीकरण


सुरेन्द्र बजगाई- विवेकशील साझा पार्टीले उद्यमीहरुसँग अन्तरक्रिया कार्यक्रम पाश्रिक रुपमा गर्दै आइरहेको छ । देशमा रहेका सफल उद्यमीहरुको अनुभव तथा सर्घषका कथा मार्फत, युवाहरुमा सकारात्मक प्रभावको लागि यो कार्यक्रम सञ्चालन गरिदै आएको छ । देशमा भएको चरम बेरोजगारीको अवस्थामा बिदेशीने युवाहरुको संख्या दिन प्रतिदिन बढिरहेको यो समयमा यस प्रकारको कार्यक्रमले देशमै केही गर्न खोज्ने युवावर्गमा थप उर्जा थप्न सफल देखिनछ । शनिबार भएको उक्त कार्यक्रममा यस पटक उद्यमी अमित खनालले आफ्नो अनुभवहरु राख्नु भएको थियो । विवेकशील साझा पार्टीले युवाहरु कसरी स्वदेशमा नै उद्यमी बनाउन सकिन्छ भनेर उद्यमशिलता अभियान नै बनाएर अगाडी बढिरहेको छ ।

युवा व्यवसायि अमित खनाल इन्जिनियरींङ्मा ब्याचलर सम्मको पढाइ पश्चात प्राइभेट अफिसमा केही समय काम गरे । कामको शिलशिलामा, बजारको सम्भावनाको बारेमा राम्रो अध्ययन गर्ने अवसर प्राप्त गरे । जसले गर्दा भविष्यमा आफ्नै व्यवसाय गर्न सक्ने जोसका साथ लिंकन कलेजमा एम.बि.ए अध्ययन सकाए ।

आफु जागिरको लागी भन्दा पनि कुनै ब्यबसायको लागी जन्मिएको उनलाई लागी नै रहन्थ्यो । एम.बि.ए.को अध्ययन पछि केहि समय बल्खुमा मोबिल ब्यापार सुरु गरे । निरन्तर मेहेनत र लगनशिलताले गर्दा छ महिनामा नै सकारात्मक नतिजा प्राप्त गरेको उनको अनभुव सुनाए । एउटा व्यवसाय त राम्रो संग चल्दै छ तर टिममा काम गरिसके पछाडी धेरै वटा कामहरु एकै पटक गर्न सकियो भने प्रतिफल पनि राम्रो नै आउछ भन्ने सोचका साथ अरु व्यवसाय स्थापनाको लागी अध्ययन सुरु गरे । बल्खु क्षेत्रमा राम्रो रेस्टुरेन्ट छैन भन्ने महसुस भयो र राम्रो रेस्टुरेन्टको खोजीमा दरवार मार्ग र न्युरोड जानु पर्ने समस्या समाधानको गर्ने उदेश्यका साथ एल्लो प्लानेट बहुउदेश्य कम्पनी सुरु भयो । ।

सुरुमा तिन तल्लाको घर लिएर तलको एक तल्लामा पतंजलीको समानको डिलर सुरु गरियो भने माथीको दुइ तल्लामा रेस्टुरेन्ट ब्यबसाय सुरु भयो । रेस्टुरेन्ट राम्रो संग संचालन गर्नको लागी ग्राहकको मागलाइ मध्यनजर गर्दै नयाँ नयाँ आइडियामा काम गर्न सुरु भयो । रेस्टुरेन्ट ब्यबसाय र पतंजलीको ब्यबसाय पनि बढ्दो छ । अहिले पतंजलीको मात्रै १६ ठाउमा रिटेल सुरु गएको छ ।

खनालका अनुसार आफ्नो टिममा आफु भन्दा स्मार्ट मानिस भएको कारणले मात्र आफ्नो कम्पनिले राम्रो बाटो लिएकोमा बिश्वस्त छन्। कुनै ब्यबसाय शुरु गर्दा त सबैमा हौसला हुन्छ तर समय पछी सोचेको अनुरुपको प्रतिफल प्राप्त नहुन सक्छ । यस्तो अवस्थामा पनि आतिनु हेदैन काम गर्ने जोस भयो भने मात्र व्यवसाय सफल हुन्छ ।

पछिल्लो समय देश छाडेर बिदेशमा काम गर्न जाने युवाहरुलाई सम्मान त छ तर बिहिर दुख गरेर पठाएको पैसा घरजग्गा जोड्न भन्दा पनि कुनै ब्यबसायमा लगानी भएको भए राम्रो हुन्थ्यो भन्ने अमितलाइ लाग्दछ ।

यसरी समय,स्थान तथा बजारको मागको अध्ययन गरी कुनै पनि व्यवसाय सञ्चालन गरेमा सफलता निश्चित रहेको छ । अवसर खोज्नु भन्दा पनि अवसर आफैले सिर्जना गर्नुपर्छ र अवसर नेपाली समजमा लुकेर बसिरहेका छन् ।


Loading comments...