
स्वामी विवेकानन्दका प्रेरणादायी बिचारहरु
२४ पुष २०७५, मंगलवार १०:५३
वेदान्तका विख्यात र प्रभावशाली आध्यात्मिक गुरु विवेकानन्दका महत्वपुर्ण भनाईहरु:
- केही पनि नमाग्नु, सहयोग गरेबापत केही आशा पनि नगर्नु । तिमीले जे दिन् छ देऊ, त्यो तिमीलाई फिर्ता मिल्नेछ, अहिले नै त्यसको बारेमा नसोच्नु । तिमीलाई केबल दिने शक्ति छ । दान गर्नु, सहयोग गर्नु अनि सहयोग गरेको कुरा त्यही समाप्त होस ।
- कुनै पनि देशको बिकास गर्न युवाहरुको त्यागको आवश्यकत पर्दछ, तर ध्यान दिनु युवाहरुको त्याग पशुहरुको होइन ।
- मुक्ति उसको लागि हो, जो अर्काको लागि आफ्नो सबै त्याग गर्छ । मुक्ति मुक्ति भनेर हरसमय गर्ने व्यक्तिले वर्तमान र भविष्यमा हुने आफ्नो कल्याणका कार्यको सम्भावनालाई नष्ट गर्दै यत्रतत्र भट्किरहेका हुन्छन् ।
- महान बन्नुस, त्याग बिना कुनै पनि महान कार्य सफल हुन सक्दैन । यो जगतको सृष्टिको लागि स्वयम भगवानले समेत आफ्नो बलि दिनुभएको थियो । आउनुहोस, आफ्नो नाम,दाम,सम्पत्ति लगायत आफ्नो जीवन पनि त्याग गरेर मानव जिवनको लागि बाटो निर्माण गरौ जसबाट सबैले यो भवसागर पार गर्न सकौ ।
- बिकास नै जिवन हो र बिनास नै मृत्यु । प्रेम नै बिकास हो र स्वर्थीपन नै बिनास । त्यसैले प्रेम नै जिवनको एकमात्र नियम हो । जसले प्रेम गर्छ, उ नै बाच्ँछ, जो स्वार्थी छ, उ मर्छ । प्रेमको लागि प्रेम गर्नुहोस, किनकी प्रेम नै जीवनको एकमात्र नियम हो ।
- एउटा समय आउनेछ, जब मानवले यो अनुभव गर्नेछन् कि सानै भएपनि मानव जातिलाई गरिएको सहयोग लाखौ पटक गरिएको जप ध्यानभन्दा बढि हुन्छ ।
- वेदान्त परमात्मा सर्वव्यापक हुनुभन्दा पहिलाको कुराहरुलाई सम्झाउछ । बेदान्तको अनुसार , सबै सृष्टि परमात्माकै विभिन्न नाम र रुपमा प्रकट हुनु हो ।
- यदि हामी भगवानलाई सबैको अभिवावक मान्ने तर दैनिक जिवनमा प्रत्येक मनुष्यलाई आफ्नो दाजु भाई मान्दैनौं भने, त्यो प्रार्थनाको के अर्थ ?
- प्राचीन धर्ममा भनिएको छ, त्यो नास्तिक हो जसले भगवानको विश्वास गर्दैन तर नयाँ धर्म भन्दछ् कि नास्तिक त्यो हो जस्ले स्वंयमा विश्वास गर्दैन ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विक्रम संवत् २०७९ को पहिलो सूर्य ग्रहण (Surya Grahan – Solar eclipse of April 30, 2022) बैशाख १७ गते मा
काठमाण्डौ । २०७९ सालमा विवाह र व्रतबन्धका लागि प्रशस्तै लगनहरु जुरेका छन् । ‘नेपाल पञ्चांग निर्णायक विकास समिति’का अनुसार नयाँ
आज छठको तेस्रो र मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि
सूर्यको उपसनाको चाड छठ पूजाको रौनक देशका अधिकांश भागमा छाएको छ । तराईका सबै ठाउँहरुमा छठ पर्वलाई ब्यापक तयारीका साथ