
हिउले ढाकिएको कालिन्चोक कसरि जाने ?
२४ पुष २०७५, मंगलवार १२:३३
यो जाडो मौसममा नेपालमा धेरै यस्ता स्थानहरु छन जहाँ सहजै हिउ सग खेल्न र रमाउन सकिन्छ । त्यो मध्य राजधानीबाट सबैभन्दा नजीक हिउ सग रमाउने स्थल हो दोलखाको कालिन्चोक । राजधानीबाट नजीकै र मनमोहक सुन्दर सहित हिउ खेल्दै शक्तिपिठको दर्शन गर्न सकिन्छ । कालिन्चोक समुन्द्री सतहबाट ३,७०० मिटर उचाईमा रहेको आन्तरिक पर्यटकको उत्कृष्ट गन्तब्य स्थल पनी हो ।
मन्दिर परिसरमा भगवती, गणेशका मूर्ति र शिवपार्वती मुर्ति रहेका छन् । कालिञ्चोक दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ ।यहाको मन्दिरमा नयाँ वर्ष, जनै पूर्णिमा र मंसिरे पूर्णिमामा मेला लाग्छ ।कालिञ्चोक बेस क्याम्प कुरी भञ्ज्याङमा मन्दिर दर्शन गर्न आउन भक्तजनहरुका लागी प्रशस्तमात्रामा होटलहरु रहेका छन् । यहा अरु पर्यटकीय क्षेत्रमा भन्दा सस्तो खाना र बस्न पाइन्छ । जहाँ पाँच सयदेखि तीन हजार रुपैयाँसम्मका कोठा पाइन्छ र सादा खानाको दुइ सयमा खाना खान पाइन्छ।
कुरी बजारदेखि मन्दिरसम्म कालिञ्चोक दर्शन लिमिटेडले केवलकार चलाउने तयारी गरेको छ । कुरीबाट हिँडेर मन्दिरमा पुग्न एक घण्टा लाग्दछ । कालिञ्चोकबाट सूर्योदय, सूर्यास्त र हिमालको रोचक दृश्य देखिन्छ । त्यहाँबाट लाङटाङ, गौरीशंकर, नुम्बुरदेखि सगरमाथासम्म देखिन्छ । यात्राबाट फर्कंदा छुर्पी, चिज, चौंरीको घ्यु, काष्ठकला, खरिढुँगा कला कोसेली ल्याउन सकिन्छ ।
कसरी पुग्ने
काठमाडौं–चरिकोट १३३ किमि । चरिकोट–कालिञ्चोक १७ किमि । काठमाडौंको पुरानो बसपार्कबाट ६ घन्टा बसमा चरिकोट । चरिकोट–कुरी जीपमा दुई घन्टा । चरिकोट–कुरी पदयात्रा समय करिब ५ घन्टा ।
https://www.youtube.com/watch?v=D_3LmGu7NAI
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै