मृत्यु


जन्म पछि मृत्यु एक धुर्ब सत्य कुरा हो। मृत्यु टार्न न भगवानले सक्छन न बिज्ञानले सक्छ। दन्तकाली कथा अनुसार पहिला कालको रुप थियो अरे , एक दिन काल भगवान रामलाई लिन भनी आएछन र रामले त्यो ब्यक्ति काल भएको चाल पाई जालसाजी गरेर ठुलो सिमलको रुखको खोप्रोमा थुनि रखिदिएका थिए त्यसपछि धर्तीमा मानवको जनसंख्या पृथ्वीले थाम्न नसक्ने गरि बड्न पुग्यो अरे त्यस बेला देखि काल अदृश्य बनेर आउन पुगेको हो भन्ने प्रचलन रहिआएको छ। यो केवल काल्पनिक कथा न हो, तर हो मृत्युको कुनै रुप, भेष हुदैन, यो सुस्म भएर आउँछ र जानि बेला कहालीलाग्दो भएर जान्छ। जन्मे पछि मर्नै पर्छ, फुले पछि झर्नै पर्छ । हरेक सुरुवातको एक बिन्दु हुन्छ। न कसैको समयमा चल्छ, न कसैको अधिनमा बस्छ।

कवि शिरोमणि लेखनाथ पौडेलले लेख्नु भएको “काल महिमा ” बाट केही शब्द सापटी लिएको छु। आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो ॥ इन्द्रै बिन्ती गरून् झुकेर पदमा, त्यो बिन्ति मान्दैन त्यो ॥ सबै जीवको एकै किसिमको मृत्यु हुदैन । कसैको अल्पायुमा मृत्यु हुन्छ ,कसैको उमेर पुगेर मृत्यु हुन्छ । कोही प्राकृतिक विनाशको शिकार बन्न पुग्छन, कोही बाहिरी दुनियाँलाई देख्न नपाउदै गर्भमै मर्दछन। कोही दुर्घटनामा परि , कोही कुनै रोगको घर बनी र कोही आत्महत्या गरि। मृत्युको मुख नहुने रहिछ, सायद बोलेर आउने भएको भए मृत्युकोलागि पुर्वतयारी गर्थे होलान् मानिसहरु। भोलि मर्नका लागि आज बाच्छन मानिसहरु तर पनि फेरि मानिसमा यति धेरै अहम, लोभ, लालच , स्वार्थ र तिरस्कार किन? जीवन के हो जन्म र मृत्यु बीचको समय न त हो। कोही पनि मानिस न त जन्म देखि केहि लिएर आएको हुन्छ न त मृत्यु पच्छात केही लिएर जान्छ। यहीँ बीचको परिधिभित्र मात्र उसले कमाउछ, रमाउछ र आफ्नो बनाउछ।

मरेपछिको स्वर्ग र न्वर्ग कस्ले पो देख्या छ र ? आज सम्म तेरो फलानो यो स्वर्ग वा नर्कमा छ भनेर कुनै दुतले खवर पनि त ल्याएका छैनन् । जीवन रहिन् जेल राम्रो कर्म , धर्म , र सेवा गर्नुहोस् तपाईंको मृत्यु परको स्वर्ग यहीँ धर्तीमै मिल्छ। पैसा ,उचाइ , नाम र सुनामको पछाडि भन्दा पनि आफ्नो जीवन कसरी सार्थक बनाउने भन्ने तर्फ लाग्नुहोस्। फेरि गलत अर्थ पनि नलागोस् माथि उल्लेखित कुराहरुको जीवनमा कुनै तुक छैन भनेर। जीवन कुनै प्रतिस्पर्धा हैन , यो त खुल्ला रंगमञ्च हो। जीवित रहुनजेल मात्रामा हैन गुणस्तरको बाटोमा पाइला चाल्नुहोस्। जसरी फुलले आफू नझरे सम्म आफ्नो सुगन्ध समीरमा छर्दछ, त्यसरी जीवन रहे सम्म आफ्नो अत्तर समीरमा छर्नुहोस्, ताकि कसैकोलागि तपाईंको जीवन प्रेरणाको मुल बन्न पुगोस। कुकर्मको बाटोमा हैन सुकर्मको बाटोमा आफ्नो कदम चाल्नुहोस्। भाषण दिने ओठ भन्दा सहयोगी हातहरुलाई आत्मसाथ गर्नुहोस्। आफूमा भएको ज्ञान बाड्दै जानुहोस्। खुसीका पलहरु साटासाट गर्दै जानुहोस्।

शान्तिको परेवालाई सधै बाँस दिदै जानुहोस्। बाचेर पनि जिउँदो लास हैन बाचेर बाचेकै अनुभुती हुने कर्म गर्नुहोस्। अन्त्यमा एउटा सानो कथा सुनाउन चहान्छु बिश्वचर्चित साम्राज्यवादी “ऐलेक्सएन्डर द गेर्ट “ले मर्नु अघि आफ्ना मन्त्रीहरुलाई भनेका थिए , म मरे पछि मेरो दुबै हातका मुठ्ठीहरु कोफिन बाहिर राख्नु । यतिकैमा उनका एक मन्त्रीले प्रश्न गरे महाराज आज्ञा पाउ किन ? र महाराजको जवाफ यस्तो थियो हिजो सारा संसारलाई आफ्नो मुठ्ठीमा राखेको ऐलेक्सएन्डर आज खाली हात फर्किएको छ।

आशिष भण्डारी
पोखरा


Loading comments...