डाक्टरहरु किन लगाँउछन सेतो कोट ?


हस्पिटल एउटा यस्तो स्थान हो जहाँ कोहि जान चाहदैन्न् तर नचाँहदा नचाहदै बिरामी हुदाँ हामी हस्पिटल जानै पर्छ । उचित उपचारले हामी फेरी स्वस्थ हुन्छौ । हामी डाक्टरसँग जादा सधै डाक्टरलाई सेतो पोशाकमा देख्छौ, तर तपाईलाई थाहा छ यसको कारण ? सेतो पोशाक लगाउनुको पछाडि पनि खास कारण हुन्छ, जसको बारेमा हामी धेरै अन्जान छौ । आउनुहोस, आज यसै बिषयमा केही जानौ आखिर डाक्टरहरुले किन सेतो कोट लगाउँछन् ।

सेतो कोट आजभोलि डाक्टरको पहिचान बनेको छ । वास्तवमा चिकित्सा क्षेत्रमा सफाईलाई निकै महत्वको रुपमा हेरिन्छ । सेतो कोटमा सानो सानो दागपनि देखिन्छ जसबाट थाहा पाउन सकिन्छ कि त्यो परिवर्तन गर्ने समय भयो । यस बाहेक अर्को कारण सेतो स्वच्छताको प्रतिकको रुपमा लिइन्छ साथै ईमानदारी, पवित्रता र भगवानसँगको सम्बन्धलाई समेत मान्ने गरिन्छ । चिकित्सा पेशामा ईमानदारी र स्वच्छता निकै महत्वपुर्ण हुन्छ र सेतो कोटले यो अर्थ दिन्छ कि चिकित्सक पेशामा हरपल ईमानदारी र स्वच्छताको ख्याल गर्नु पर्छ । सेतो रङलाई भगवानको साथको सम्बन्धको प्रतिक पनि मानिन्छ यसै कारणले डाक्टरलाई पनि धर्तिको भगवानको रुपमा मान्ने गरिन्छ, किनकि हाम्रो शरीरलाई स्वस्थ राख्न र हाम्रो लामो जिन्दगीको लागि डाक्टरको महत्वपुर्ण भुमिका रहन्छ ।

मुख्यतया सेतो कोट लगाउनुको कारण सरसफाई नै हो तथा डाक्टरको दैनिक जिवनमा भगवानको जस्तै भुमिका रहेको हुदाँ यस अर्थमा पनि सेतो कोटको कारण मान्न सकिन्छ ।


Loading comments...