किनिएका ब्वाईफ्रेण्ड


विश्वभरिका महिलाहरुले आर्थिक स्वतन्त्रता पाए लगत्तै अब विश्वको अर्थोडक्स लैगींक मुद्धाहरुले नयाँ आयाम पाएका छन् । यिनै मध्य एउटा रोचक तथ्य छ, जापान को । आउनुहोस् आज भाइस एसियाको एउटा डकुमेन्ट्रीको सरल नेपाली रुपान्तरण गरौं, किनिएका ब्वाईफ्रेण्ड ।
समबन्ध, जिम्मेवारी, ईमन्दारिता, सिमा र बिवाहजस्ता कुराहरु महिला पुरुष समबन्धसंगै जोडिएर आँउदछ तर जब किनिएका ब्वाईफ्रेण्डहरुको सहज उपलब्धता हुन सक्दछ तब माया, शारीरीक समबन्ध अनि पुरुषत्व महिलाहरुका लागि उति झन्झटिलो नहुन पनि सक्दछ । एक्लोपना दुर गर्न अनि पुरुषत्वको साथ पाउन आजभोली जापान लगायत विश्वका धेरै बिकसित देशहरुमा भाँडामा पुरुषहरु पाइन थालेको छ । एकल महिला अनि एक्ला महिलाहरुको यस्ता सेवामा दिनानुदिन दिलचस्पी बढ्दै गएको पाइन्छ, यस्ता सेवामा आफुले रोजेको पुरुषहरुसंग माया प्रेम र ब्वाईफ्रेण्डको अनुभव सहजै गर्न सकिने बताइन्छ । आफ्ना रोमान्टीक चाहहरु यसै अनुरुप पुरा हुने भएकाले महिलाहरुको यस्ता सेवामा आवतजावत बढ्दो छ ।

निश्चित मुल्य तिरेर निश्चित घण्टाका लागि अनि निश्चित मागहरु यसरी पुरा गरिने बताइन्छ । मागहरु अचम्मका हुन सक्छन् जस्तै कि एउटा राम्रो केटा आफ्नो अफिसमा आएर आफ्ना लागि राइदिने , संगै बसेर चलचित्र हेरेर रोइदिने, खाना बनाँउदा सहयोग गर्ने र पार्टीमा ब्वाईफ्रेण्डका रुपमा गइदिने लगायत धेरै । टनेकियोमा आधारित कम्पनी इकोमेन्सो डान्सीले प्रतिघण्टा ६५ डलर लिएर संगै रोइदिने सेवावापत केटाहरु पठाउने गर्दछ । यस्ता सेवामा जाने एकजना सेवाप्रदायक केटाका अनुसार जापानी महिलाहरु आफ्ना दुख्खहरु अरुसमक्ष अभिव्यक्त गर्न सक्दैनन तसर्थ यस्ता सेवामा सेवाग्राहीहरुले आफूलाई साथमा रुन धेरै पटक बोलाएको बताँउदछन् । उनका अनुसार उनी रुन सक्ने वातावरण श्रृजना गर्दछन् जहाँ उन्का सेवाग्राही महिलाहरु उन्को काँधमा टाउको राखेर मज्जाले रुन सकुन र पछि हल्का महसुस गर्न सकुन् ।

महिलाहरुको समुहले नै साथमा रुन पनि आफूलाई बोलाउने गरेको ति सेवाप्रदायकले बताए । महिलाहरुका लागि रुनु भनेंको तनावको बर्हिगमन गराउने माध्यम हो, एकजना सेवाग्राहीले भिडियोमा बताएकी छिन् । एक्लो हुँदा रुन अफ्ठेरो हुने तर रुने वातावरण श्रृजना भएपछि आफ्ना भावनाहरु पगाल्न सहज हुने उनी बताँउछिन् । यसरी साथै रुन जाँदा सेवाप्रदायक केटाहरुले साथमा गीतार लगायतका वाधवाधन अनि भिडियो हेराउन मनीटर अनि भावनात्मक भिडियोहरु पनि लिएर जाने तथ्य रहेछ ।

अर्का एकजना सेवाप्रदायक केटाले आफ्नो मुल्य डेटमा गएको १ लाख एन अर्थात हजार डलर बताए । उनी नितान्त व्यक्तिगत रुपमा भरपर्दो अनि तनाव भुल्ने गरि मिठा कुराकानी गर्न खप्पीस देखिन्छन् । यसरी डेटमा जाँदा आफ्नो सेवाग्राहीको अनुहार मज्जाले देखिने गरि अलिक परै बस्ने र रमाइला कुराकानी गर्ने उनी बताँउदछन् । पैसा तिरेर ल्याएको भन्दैमा अश्लिल रुपमा नहेर्न उनी आग्रह पनि गर्दछन् । यो केवल भावनात्मक बसाई हो ।

उनी आफूले एउटी महिलालाई हसाँउने तरिकाका बारेमा धेरै अध्धयन गरेको र त्यसै अनुरुपमा विषयबस्तुका कुरा निकालेर हसाउने गरेको बताउदछन् । औसत पुरुष भन्दा थप पुरुषत्व देखाउन हामी निकै कसरत गर्दछौं, बोलचाल देखि राम्रो देखिनसम्म हामी निकै अभ्यास र तयारी गर्दछौं तथापि यस्ता परिस्थितीमा पुरुष भन्दा महिलाहरु नै धेरै शक्तिशाली हुन्छन् किनकि उनीहरुले पैसो अर्च गरेका हुन्छन् ।
हामी एउटा महिलाले चाहेको वातावरण श्रृजना गरेर उन्लाई अपनत्व अनि आशा र रमाइलो महसुस गराँउदछौं, सेवाप्रदायकले भनेका छन् । १०० डलर प्रतिघण्टा खर्च गरेमा भनें एउटा ह्याण्डसम पुरुष घरमा आएर महिलालाई अगांलोमा बेरेर राख्ने र चाहेमा शारीरीक सम्पर्क पनि स्थापीत गर्ने प्रावधान पनि रहेछ । यस्ता पुरुषहरुलाई शीप ब्वाइज भन्ने चलन रहेछ । जेसुकै होस् महिलाहरुको एक्लोपनालाई दुर गर्दै उनीहरुको भावनात्मक अनि शारीरीक चाहहरु पनि सम्वोधन गरिदिने यस्ता सेवाहरु जापानमा अहिले निकै चर्चाम रहेछन् । एक्लोपना र पैसाको यो साटासाट महँगो तर प्रभावकारी भएको प्रयोगकर्ता महिलाहरुको अनुभव रहेछ ।

लाईभमाण्डु


Loading comments...