कथा : सुख न दु:ख


म हुँ भिम महर्जन,वर्ष ७० को, सानै उमेरदेखि ब्यापार ब्यवसायमा रुचि र पारिवारिक पृष्ठभूमिले गर्दा पढाइमा त्यति मन लगाइएन्।

दिनेश तिमल्सिना

मैले जाने बेलादेखि नै बुबाको किराना पसल थियो र आमा घरभान्सामा ब्यस्त। म ४० वर्षको हुँदा बुबाको मृत्यु भयो त्यसपछि त्यो पसललाई मैले नै निरन्तरता दिएको थिए। मेरा २ छोरा र १ छोरी छन्,हेर्दा सुखी परिवार।जेठो छोरो काष्ठकला सम्बन्धि काम गर्छ भने कान्छोले मास्टर सकेर कलेज पढाउन सुरु गरेको छ। पैतृक सम्पत्ति भएको हुनाले मलाई ठूलो कारोबार गर्दा त्यति आपत्तिजनक अवस्था आउदैन्।तिनवर्ष अघि छोरीलाई अष्ट्रेलिया पठाउँदा पनि घर नजिकैको १ रोपनी खेत बेचेको थिए।त्यस्तै अहिले छोरीले पठाएको पैसा र अलिकति खेत बेचेर पक्की घर बनाउदै छु।यसअघि म सामान्य इटाबाट बनेको घरमा बस्थे।

अहिलेको प्रविधिको युगमा पुग्न नसकेकोले होला मेरो पसलमा त्यति ग्राहकको चहलपहल छैन।त्यसैले म आफ्नो दिनचर्या खेतबारीमा पनि ब्यतीत गर्छु। हरेक दिन बिहान उठ्छु चियाखाजा खान्छु र कोदाली काँधमा राखेर लाग्छु खेततिर। करिब आधा घण्टाको बाटोमा बजारको चहलपहल र दृश्य अवलोकन गर्दै म खेतमा पुग्छु र अघिल्लो दिन भोलिलाई भनेर साँचेको काम गर्न थाल्छु।फेरि पहिले झैं काम गर्छु र भोलिलाई यति भन्दै घर फर्कन्छु।म घर पुग्दा बुढिया मलाई नै खाना कुरिरहेकी हुन्छे भने छोराहरू खाना खाएर आफ्नो -आफ्नो काममा हिँडिसकेका हुन्छन्। रेडियोमा समाचार र मनोरञ्जनका कार्यक्रमले गर्दा ग्राहक नआएको बखत समय खर्च गर्न अलि सजिलो पर्छ।सडकमा गुडिरहेका गाडीहरुले हेर्दै भन्छु “मानिसले यस्तो सम्म बनाउन सक्छन्, म पनि यस्तै केही गर्न सके।”फेरि सोच्छुूबुढेसकाल लाग्यो,धर्मकर्म गर्ने उमेर हो यो त”। यस्तै सोच्दासोच्दै आफ्नो जीवन सुखी छ की दुखी छ भनेर अक्कल गर्छु।सुख भनौ भने खेतबारी देखि पसलसम्म आफैंले भ्याउन पर्या छ।फेरि दुस्ख भनौ भने दुई छाक गुजारा चलिरहेको छ,छोराछोरी पनि त आफ्नो जीवन निर्वाह गर्न सक्ने भैसके।अनि निष्कर्षमा पुग्छु मेरो जीवन “सुख न दुख”को जीवन हो।
-दिनेश तिमल्सिना


Loading comments...