
सिटि एक्सप्रेस फाइनान्स पनि अन्तरबैंक विधुतीय भुक्तानी प्रणालीमा आवद्व
१५ माघ २०७५, मंगलवार ११:०६
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड
प्रेश विज्ञप्ति
सिटि एक्सप्रेस फाइनान्स पनि अन्तरबैंक विधुतीय भुक्तानी प्रणालीमा आवद्व
बैंक वित्तीय संस्थाहरुलाई अन्तरबैंक विधुतीय भुक्तानी (NCHL-IPS) प्रणालीमा आवद्ध गराउदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आजबाट कारोवार शुरु गर्ने गरि सिटि एक्सप्रेस फाइनान्स लिमिटेडलाई उक्त प्रणालीमा आवद्ध गराएको छ । यस प्रणाली मार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने(Direct Credit) र लिने (Direct Debit) जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन÷तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालन गर्ने उद्देश्य लिएको छ । हालसम्म विधुतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणाली (NCHL-ECC), Direct debit/ Direct credit को लागि अन्तरबैंक विधुतीय भुक्तानी प्रणाली (NCHL-IPS) र अनलाईन मार्फत सर्वसाधारणले सजिलैसँग विधुतीय भुक्तानी गर्न सकिने connectIPS e-Payment प्रणाली लागु गरी सञ्चालन गर्दै आएको छ ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग भएको यो सम्झौतासँगै कम्पनीले अन्तरबैंक विधुतीय भुक्तानी प्रणालीमा ७५ बैंक तथा वित्तीय संस्थाहरुसँग Direct member र अन्य ३ कम्पनीसँग Indirect/Technical member को रुपमा सम्झौता गरिसकेको छ ।
अन्य जान्कारीको लागी : www.nchl.com.np
अंग्रेजीमा : City Express Finance also on Interbank Payment System
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै