
बाबुराम र हिसिलालाई छोरी मानुशीको उपहार
१८ माघ २०७५, शुक्रबार १७:१९
बाबुराम भट्टराई र हिसिला यमी नेपालको एउटा राजनैतिक जोडी अनि क्रान्तिकारी छवीका कारण चर्चा र खोजिमा रहने जोडी हुन् । आज हामी उनीहरुको राजनैतिक पृष्ठभूमिभन्दा पनि पारिवारिक कुराहरुमा केन्द्रित भएर केहि कुरा प्रस्तुत गर्न जाँदैछौं ।
यो एकमात्र सन्तान सुपुत्री मानुशीले बिभिन्न अन्तर्वार्ताहरुमा आमाले भूमिगत भएका बेला आफूलाई पनि एउटा क्रान्तिकारी नाम छान्न भन्दा आफूले अस्मिता नाम छानेको बताएकी छिन् ।
भर्खरै भएको आफ्नो जन्मदिनमा बाबुराम र हिसिला यमी सुपुत्री मानुशी यमी भट्टराईले आफ्नो बुवाआमाप्रतिको कृतज्ञतालाई सामाजिक सञ्जाल ट्वीविटरमार्फत् हिजो शेयर गरेकि हुन । नयाँशक्ति पार्टीमा बुवाआमाको साथमा मानुशी पनि उत्तिकै सक्रिय पाइन्छिन् । मानुशी र भट्टराई परिवारलाई एउटा गैरराजनैतिक र औसत नेपाली परिवारको मात्र नजरमा हेर्ने हो भने यस परिवारमा केहि नौलोपना पाइन्छ । ४० औं वर्ष अघि एउटा बाहुन परिवारको छोरो र नेवा समूदायकी छोरी बिचको प्रेमबिवाह, व्यवसाहिक सफलताका बावजुद पनि राजनैतिक दर्शनमा दुःख अनि कष्ठ लगायत भूमिगत जीवनको क्रम, माओवादी द्वन्दको नेतृत्व हुँदै आजको नयाँ शक्तिको दौडसम्ममा यस दम्पतीलाई आआफ्नो हिसाबमा राम्रो नराम्रो रुपमा चिनिने पहिचानहरु प्रशस्तै छन् ।
यस दम्पतीको एकमात्र सुपुत्री मानुशीले भने यसपटकको आफ्नो जन्मदिनमा विशेषतः बुवाआमालाई धन्यवाद दिँदै एउटा पुरानो तस्वीर शेयर गरेकि छिन् । उनले आमाबुवाको यस समाजप्रतिको देन र निस्वार्थ योगदानलाई आत्मसाथ गर्ने र आदर्श मानेको कुराहरु आफ्नो पोष्ट मार्फत् ब्यक्त गरेकि हुन् ।
—
लाइभमाण्डू
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै