threat con

मंसिरको पहिलो साता नेपालको पहिलो ह्याकर कन्फरेन्स “थ्रेट कन २०१८” हुदै


नेपालमा इन्टरनेटको प犀利士
्रयोगकर्ता बढ्दो छ ।  तर साइबर सेक्युरिटी सम्बन्धि ज्ञान नभएको कारण बिभिन्न समस्या पर्ने गरेको छ। यस्तै समस्याहरु बाट कसरी बच्न सकिन्छ भनेर नेपालमा नै पहिलो पटक  माइक्रोसफ्ट, क्यास्परस्की, बिट डिफेन्डर लगायतका विश्वका नाम चलेका कम्पनिबाट प्रतिनिधिहरु आएर नेपालमा साइबर सेक्युरिटी सम्बन्धि कार्यक्रम हुदै  छ ।

नेपालमा नै  साइबर सेक्यूरिटि विकासकर्ता, अभ्यासकर्ता, आइटी प्रशासकहरु तथा साइबर सेक्यूरिटी अभ्यासमा चासो भएको सम्पूर्ण व्यक्तिहरुको लागी यसको गुणस्तर अभ्यास र नयाँ सेक्यूरिटि सिस्टमको सिर्जना तथा विकास गर्ने उदेश्य लिएर नेपालमा साइबर सेक्युरिटी सम्वन्धी एक अन्तराष्ट्रिय सम्मेलन ‘थ्रेट कन २०१८’ हुन गइरहेको छ ।

होटल अन्नपुर्णमा मंसिर ६ र ७ गते हुने २ दिने सम्मेलन रहेको छ । उक्त कार्यक्रममा गुगल, क्यास्परस्की, बिट डिफेन्डर लगायतका विज्ञहरुको सहभागिता भइ आफ्नो सिकाइहरु सबैमाझ प्रस्तुत गर्ने छन । सम्भवत नेपालमा पहिलो पटक हुदै गरेको उक्त कार्यक्रम थ्रेटनिक्सले गेट प्रा.ली को सहकार्यमा गर्न लागेको होे ।

दुइ दिन संचालन हुने उक्त कार्यक्रममा  पहिलो दिन वर्कसप हुने छ र दोस्रो दिन सम्मेलन हुने छ । उक्त कार्यक्रममा  साइबर सेक्युरिटी समन्धी विज्ञहरुले टेक्निकल र नन टेक्निकल दुवै विषयमा आफ्नो अवधारणा प्रस्तुत गर्ने छन् ।

उक्त कार्यक्रममा सहभागी  हुनको लागी  लागी  स्टुडेन्ट, स्टान्डर र कर्पोरेट गरी ३ प्रकारका टिकटहरु रहेका छन् । कार्यक्रम टिकट दर स्टुडेन्टको लागी बाइस  सय, स्टान्डरको तिन हजार र कर्पोरेटको लागी दश हजार रहेको छ ।

कार्यक्रमको थप जानकारी र टिकटको लागी थ्रेटकन.आइओ https://threatcon.io वेबसाइटबाट प्राप्त गर्न सक्नु हुन्छ ।


Loading comments...