Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

सामाजिक सद्भावको पर्व छठ

२७ कार्तिक २०७५, मंगलवार ०३:०७


कार्तिक २७, काठमाण्डौ । आज छठको तेस्रो र मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ । तिहारमा बाँकी भएका पटका, फूलझरि अनि झिरझिरेहरुले छठघाट उज्यालो हुन्छ भने छठी माताको भजन किर्तन अनि संगीतले उक्त ठाँउको रौनक अद्वितिय हुन्छ । यसरी छठपूजाको क्रममाा बज्ने अथवा सामूहिक रूपमा गाइने पारम्परीक गीतसङ्गीतमा भोजपूरी भाषाको महत्वपूर्ण स्थान र योगदान रहेको पाइन्छ ।

छटलाइ भक्त र भगवान्सँग सीधा बार्तालाप छठ पर्वमा मात्र हुन्छ भनिन्छ। यो नै एउटा यस्तो पर्व हो, जसमा पुजारी र पुरोहित हुँदैन। किनकि छठमा अर्घ दिइने सूर्य भगवान् प्रत्यक्ष देखिन्छ। पर्व मनाउने क्रममा दसैं, दीपावली र तिहार पर्वपछि अहिले समाचकेवा सँगै विशेषगरी तराई–मधेसमा छठको तीव्र तयारी छ। सूर्य र उनको देवी रूप उषालाई छठी मैयाको रूपमा षष्ठी तिथिमा मुख्य पूजा गरिने हुनाले यो पर्वको नाम छठ भएको हो। छठले‌‌े मै‌‌थिली र‌‌ मधे‌‌सी संस्कृतिको‌‌ जीवन पद्धति र‌‌ विशिष्टतालाई प्रतिबिम्बित गर्छ । सनातन धर्ममा विश्वास गने‌र्‌ मधेसीका लागि यो‌‌ पृथक् अनि कठिन र फलदायी पर्व भएको हो‌‌ ।

आस्था र सहअस्तित्वको पर्व छठको तेस्रो दिन, जसलाई लोकबोलीमा ‘सझियाँ घाट’ भन्ने गरिन्छ। मानव र प्रकृतिबीचको सम्बन्धलाई छठले प्रत्येक वर्ष प्रगाढ बनाउँदै आइरहेको छ। मानव जातिको पीडाप्रति सजग गरी छठले हरेक वर्ष दीपावली समाप्तिपछि मानव र प्रकृतिबीच हराउँदै, बिलाउँदै, लोप हुँदै गइरहेको संवेदनशील रागात्मक, अटुट संवाद—सम्बन्धको सूत्रधारलाई सबलीकरण गर्दै मानव र प्रकृतिबीचको सम्बन्धलाई सुमधुर बनाउँदै आएको छ।

प्रकृती र सभ्यताको अनुपम उदाहरण छठ पर्वको हामीसबैलाई शुभकामना ! हामी सम्पूर्ण मानवहरु सूर्यको जाज्वल्यमान उपस्थिती र सूर्यदेवको हामीप्रतिको कृपाकालागी सदासर्वदा अनुग्रहित छौ । छठी माईका बिभिन्न भजन अनि किर्तनहरु बजाएर जलाशय वरपर गाडिएका केराका थम्बा अनि झिलमीलहरु ले उदाँउदो र अस्ताँउदो सूर्य लाई अर्घ्य दिँदा प्रकृती र मानव बिचको गहिरो अन्तरसम्बन्धलाई सनातन संस्कारले शदियौंदेखि पूनरपरीभाषित गरिरहेको भान हुन्छ ।

यसबर्ष पनि अन्य बर्षहरु झैं पानी अनि सूर्य दुबैले हामीमाथि कल्याण बक्सिउन्, यिनै पानीबाट उडेर जाने बाफहरु र बादलहरुले धर्तीका अवयवहरु भिजाइरहुन्, हरियाली भइरहोस् ।

जलचर थलचर सबैको कल्याण होस् । प्राणीमा प्राण होस् अनि धर्मको जय होस् । छठी माताले सबैको जय गरून् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विक्रम संवत् २०७९ को पहिलो सूर्य ग्रहण (Surya Grahan – Solar eclipse of April 30, 2022) बैशाख १७ गते मा

काठमाण्डौ । २०७९ सालमा विवाह र व्रतबन्धका लागि प्रशस्तै लगनहरु जुरेका छन् । ‘नेपाल पञ्चांग निर्णायक विकास समिति’का अनुसार नयाँ

आज छठको तेस्रो र मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि

सूर्यको उपसनाको चाड छठ पूजाको रौनक देशका अधिकांश भागमा छाएको छ । तराईका सबै ठाउँहरुमा छठ पर्वलाई ब्यापक तयारीका साथ