
महिनावारीको इमोजी अब स्मार्टफोनमा
२७ माघ २०७५, आईतवार १३:००
विश्वभरि नै महिनावारीको बिषयमा बिशेष वकालत र यस मुद्धालाई धेरै भन्दा धेरै आवाज र अनुहार दिने कार्यहरु भइरहेका छन् । एकातिर सामान्य मानिएको एउटा प्रक्रिया भनिएपनि अर्कोतर्फ विश्व सुमदायले महिनावारीमा असामान्य मुद्धा अनि आवाजहरु बिकास गरिरहेको देखिन्छ ।
यसैक्रममा अब महिनावारी बिषयमा स्मार्टफोनमा इमोजी ल्याउने भएको जानकारी आएको छ । सहजैसंग महिनावारीको बिषयमा बात गर्न, जानकारी दिन र जानकारी गराउन एक क्लीक कै भरमा खुशी, दु:खी लगायतका भावनाहरु उजागर गर्न राखिएका मानवका झैं अनुहारका ईमोजी संकेतहरु अब महिनावारी बिषयमा पनि आउने भएको छ । रातो र बाक्लो रगतको झैं देखिने एउटा थोपा रगत भएको यो ईमोजी अहिले निकै बिवाद अनि प्रतिक्षामा परेको जनाइन्छ ।
महिनावारीलाई आँउदा पुस्ताका लागि कुनै जोक या रहस्य वा अव्यक्त कुरा नहोस् भनेंर देखाउन अनि संझाउन पनि यो ईमोजी बनाइएको बताइन्छ । यसले गर्दा अब महिनावारी र त्यसताकाको हेरचाह अनि समानताका लागि पैरवी हुने पनि बताइन्छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै