
द्वापर युगमा रुक्मिणीले कृष्णलाई लेखेको प्रेम पत्र (सन्दर्भ प्रेम दिवश)
प्रेम दिवसकाे सन्दर्भ जाेडेर द्वापर युगमा आफ्ना दाजु रुक्मिले जरासंध संग विबाह गरिदिन लागेका कारण आफ्ना प्राणनाथ भगवान श्रीकृष्णलाइ आफुलाइ गान्धर्व बिबाह गरेर लानका लागि अनुराेध गर्दै रुक्मिणीले गाेप्य रुपमा ब्राम्हणका हातमा पठाएकाे पत्र हाे याे ! यसबाट पनि अड्कल लाउन सकिन्छ कि प्रेम गर्ने र प्रेम पत्र लेख्ने प्रचलन युगाै पुरानाे हाे भनेर ।
रुक्मिणीले सन्देशमा भन्नु भएकाे छ –
“त्रिभुवनसुन्दर !
हजुरकाे गुण सुन्ने मानिसकाे कानकाे बाटाेबाट उक्त गुणकथा हृदयमा प्रवेश गर्दछ र त्यसले एक एक अङ्गकाे ताप, जन्म जन्मकाे जलन मेटाइदिन्छ । मैले ती गुणहरुकाे बयान सुनेकी छु । मैले याे पनि जानेकी छु की जगत्मा जति पनि आखा भएका जीव छन्, तिनीहरुका आखा हुनाकाे सबभन्दा ठूलाे फाइदा यही हाे कि तिनीहरुले ति आखाहरुले हजुरका याे रुपलाइ हेरुन् जाे समस्त स्वार्थ र परमार्थकाे एक मात्र आश्रय हाे । मैले त्यसकाे पनि वर्णन सुनेकी छस । अच्युत ! अब मेराे चित्त हजूरकै चिन्तामा, ध्यानमा तन्मय भइराखेकाे छ, यहाँसम्म कि त्यसले लाज पनि छाेडिसकेकाे छ । अब म धैर्य गरेर त्यसलाइ आफ्नाे वशमा राख्न पनि असमर्थ हुन गएकी छु ।
प्रेमस्वरुप श्यामसुन्दर ! जुनसुकै दृष्टिले हेरे पनि, कुल, शीलस्वभाव, साैन्दर्य, विद्या, अवस्था, धन-धान्य सबैमा हजूर अद्वितीय हुनुहुन्छ, अाफ्नै समान हुनुहुन्छ । हजूरकाे तुलनामा अरु काेही छँदैछैन । मनुष्यलाेकमा जति पनि प्राणी छन्, सबैका मन हजूरलाई देखेर शान्तिकाे अनुभव गर्दछन्, आनन्दित हुन्छन् । पुरुषभूषण ! हजूर नै भन्नुहाेस्, यस्ती कुनचाँहि गुणवती र धैर्यवती कन्या हाेली, जाे विवाहयाेग्य उमेर भएपछि हजूरलाई पतिकाे रुपमा वरण नगर्ली ? यसैले प्रियतम ! मैले हजूरलार्इ पति रुपले वरण गरेकी छु । हजुर अन्तर्यामी हुनुहुन्छ । मेराे मनकाफ कुरा हजूरबाट लुकेकाे छैन । हजूर यहाँ सवारीभएर मलाई अाफ्नी पत्नीकाे रुपमा स्वीकार गर्नुहाेस् । कमलनयन ! प्राणवल्लभ ! म हजूरजस्ताे वीरलार्इ समर्पित भइसकेकी छु, म हजूरकी हुँ । सिंहकाे भागलार्इ श्यालले छाेएजस्ताे गरी शिशुपालले मेराे नजिक आएर मलाई छुन नपाओस् । मैले यदि जन्मजन्ममा पूर्त (कुवा, पाेखरी खनाएकाे), इष्ट (यज्ञादि गरेकाे), दान, नियम, व्रत र देवता, ब्राह्मण र गुरु आदिकाे पूजाद्वारा भगवान् ममा प्रसन्न भएकाे भए, भगवान् श्रीकृष्ण पाल्नुभएर मेराे पाणिग्रहण गर्नुहाेस्, शिशुपाल वा अरु काेही पुरुषले मलाई छुन नसकाेस् ।
प्रभु ! हजूर अजित हुनुहुन्छ, हजूरमाथि कसैले विजय पाउन सक्दैन । मेराे विवाह हुने दिनकाे एक दिन अगाडि हजूर हाम्राे राजधानीमा गुप्तरुपले सवारी हाेस् र ठूला सेनापतिहरुका साथ शिशुपाल र जरासन्धकाे सेनालाई मथ्नुहाेस् । तहसनहस गर्नुहाेस् र बलपूर्बक राक्षस विधीले वीरताकाे मूल्य तिरेर मेराे पाणिग्रहण गर्नुहाेस् । हजूरले साेच्नुहाेला- तिमी त अन्तःपुरभित्रकाे जनाना महलमा पहराभित्र रहन्छ्याै, तिम्रा भाइ-बन्धुलाई नमारी मैले तिमीलाई कसरी ल्याउने ? यसकाे पनि उपाय बताउँछु । हाम्राे कुल नियममुताबिक विवाहकाे पहिलाे दिन कुलदेवीकाे दर्शन गर्न ठूलाे यात्रा हुन्छ, जुलुस निस्कन्छ, विहे हुने कन्याले शहरबाहिर गिरिजादेवीकाे मन्दिरमा जानुपर्छ । त्यस बेला हजूरले मलाई सजिलैसँग लिएर जान सक्नुहुन्छ । कमलनयन ! उमापति भगवान् शङ्करजस्ता महापुरुष पनि आशुद्धिकाे निम्ति हजूरकाे पाउकाे धूलाेले स्नान गर्न चाहन्छन् । म हजूरकाे त्याे प्रसाद, त्याे चरणकाे धूलाे पाउन सकिनभने व्रतद्वारा शरीर सुकाएर प्राण छाेड्नेछु । सयकडाैं जन्म लिनुपरे पनि कुनै न कुनै दिन हजूरकाे त्याे प्रसाद अवश्य नै पाउनेछ ।”
श्रीमद्भागवत
१०।५२।३७-४३