Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

प्रणय दिवस माथिका प्रश्न

४ फाल्गुन २०७५, शनिबार १०:००


मायालाई दिवस चाहिँदैन भन्ने एकथरि छन् भनें मायालाई दिवससंग दाँजेर उजागर गर्ने एकथरि । प्रणय दिवसका कुराहरु नेपालमा सदैव विवादमै रहेतापनि युवापुस्तामा भनें यसले दशकौं देखि एउटा चाह ल्याएको भनें छ । कतिले प्रणय नभई प्रेम दिवसमात्र हुनुपर्ने तर्क पनि राखेका छन् त कतिले विदेशी धर्मका आधारहरु आयात गरेकामा यस्मा प्रश्नचिह्न लगाइएको छ । आउनुहोस फेसबुकमा भेटिएको यो गज्जब बिचार आज ल्यायौं ।प्रणय दिवसका नाममा देशको मौलिक संस्कृतिमाथि प्रहार गर्ने नेपालीकै संख्या सानो छैन , किन ?

केही प्रस्नहरु प्रति गम्भीर हुनु पर्ने अवस्था छ।

१, तपाइँ र तपाइँकि श्रीमतीको प्रेम तपाइँको निजि कुरा होलानी, होइन ? तपाईंले आफ्नी श्रीमतीलाई चुम्बन गरेको कुरा, तस्बिरबाट किन हेर्नु पर्ने ?

२, के तपाइँलाई थाहा छ, तपाईंको यस हर्कतले आफ्नै सन्तानलाई स्कुल र कलेजमा पढनबाट भडकाइ रहनु भएको छरु के तपाइँलाई थाहा छ तपाइँ आफनै संस्कृतिमाथी प्रहार गरिरहनु भएको छ?

३, जस्ले यो गर्नु भएको छ, तपाइँमा लघुताभाष छ। तपाइँलाई सेता मानिस आफु भन्दा उत्कृष्ट हुन भन्ने लुकेको अनुभुति छ। तपाइँलाई आफु कम्जोर हुं भन्ने अन्तरमनको अनुभुती छ।

४, तपाइँ आफ्ना सन्तानलाई तपाइँ प्रति लघुताभाष सिकाइ रहनु भएको छ। तपाइँ यस्ता तस्बिरबाट घरमा आफ्नै श्रीमती र श्रीमान प्रति गर्ने असम्मानको प्रमाण दिइरहनु भएको छ। हामी सङ्ग हाम्रै संस्कार छ। सांचिकै तपाइँ श्रीमतीलाइ समम्मान गर्नु हुन्छ भने तिजमा श्रीमतीले ब्रत राख्दा तपाई पनि ब्रत राख्नु होस। तपाइँ मर्दा श्रीमतीले कृया गर्छिन तपाइ पनि श्रीमती मर्दा क्रिया गर्ने हिम्मत गर्नु होस। अनि तपाईंसङ्ग सन्तानले सिक्ने छ्न संस्कार ?

भावी सन्ततीलाई संस्कार सिकाउने कुरा र प्रणय दिवसको अनावश्यक फोटो र स्टाटसमोह लाई माथिका भनाइहरुले राम्रै हिर्काएको छ । के फोटो नदेखाई माया नहुने हो र ?
प्रेम होस् या वालत्सय तर नेपाली समाज फोटोमा अति भर पर्दै जान थालेको छ । संगै बस्ने श्रीमानले श्रीमतीलाई मायाका कुरा भन्दा नभन्ला तर फेसबुकमा हाल्न फोटोचाँही महिनौअघि राखेकै हुन्छ, के भेटघाट र बोलचाललाई फेसबुकका फोटोले स्थानान्तरण गरेकै हो ?

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै