Lifestyle Portal
  •   ३० बैशाख २०७८, बिहीबार

बृहत कर्णाली प्रदर्शनी/ Expo मा निमन्त्रण

४ फाल्गुन २०७५, शनिबार १२:१६

कर्णाली एउटा क्षेत्र मात्र नभएर सभ्यता हो भन्ने मर्मका साथ कर्णालीको गर्वीलो इतिहास, कला–संस्कृति, अत्यन्तै पौष्टिक रैथाने खाद्यबाली, जीवनशैली र सम्मुन्नतिलाई स्पष्ट संकेत गर्ने सम्भावनाका स्रोतहरुको प्रदर्शनी गर्ने उद्देश्य सहित समृद्ध कर्णाली अभियानको आयोजनामा हुन गइरको तीन दिने “बृहत कर्णाली प्रदर्शनी/Expo को उद्घाटन भोली फागुन ३ गते शुक्रबार भृकुटीमण्डपमा हुदैछ । कर्णाली प्रदेशका अत्यन्तै मौलीक र कलात्मक सास्कृति झाँकी सहित उद्घाटन हुने कार्यक्रममा निम्न समय र स्थानमा उपस्थीत भइदिन हार्दिक अनुरोध गर्दछौ ।
तपशिल
स्थानः भृकुटीमण्डप
समयः झाकीसहित उपस्थित हुने ८ बजे, झाकी सुरुहुने ९ बजे (भृकुटी मण्डप बाट सुरु भएर शहिदगेट, रत्नपार्क हुदै पुन भृकुटीमण्डप)
कार्यक्रमको उद्घाटनः ११ बजे (मा। उप–प्रधानमन्त्री इश्वर पोखरेल ज्यू बाट)
कार्यक्रमका आकर्षणहरु
१, मयूर नाच, दमाहा, पैँसेरु, हुड्के, देउडाका साथै कार्णालीका मौलीक र प्राचिन नाच, झाकीहरु ।
२, प्राङ्गारीक प्रदर्शनी । कर्णालीका रैथाने उत्पादन बाट बनेका खानाका परिकार, खाना, भेडाच्याङ्ग्रा लगाएत प्राङ्गारीक कृषि प्रदर्शनी ।
३, कर्णाली संग सम्बन्धित पुस्तक, सन्दर्भ सामाग्रीहरु
४, दश जिल्लाहरुको प्रशिद्ध, प्राचिन क्षेत्रको आर्कीटेकका साथै जानकारी
५, फोटो भिडियो प्रदर्शर्नी
६, खस भाषा र सभ्यताको सत्रहरु आदी

धन्यावाद
सम्पर्कः ९८४३२७१४५२, ९८६०४०५०४१
जीवन शाही
उपसंयोजक

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं – शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर

बामाको । मालीकी एक महिलाले एकैपटक ९ सन्तानलाई जन्म दिएकी छिन् । २५ वर्षीया हलिमा सिसेले मोरक्कोको एक अस्पतालमा ९

काठमाडौं। अमेरिकामा एक जोडी जुम्ल्याहा दिदीबहिनी हरेक काम एकसाथ गर्ने गर्छन् । ब्रिटनी र ब्रायना डीन नामका यी जुम्ल्याहा दिदीबहिनीले

रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ ? त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन