एउटा देश आँफैमा आतकंवादी हुन सक्दैन: नवजोत सिहं सिद्धु


भारतको टिभी सिरिजहरुमा अत्यन्त छाएका एउटा हाँसिरहने अनि कराइरहने टिपीकल पञ्जावी ब्यक्तित्व हुन नवजोत सिंह । द कपिल शर्मा शो मा यिनको दर्शक संगको उपस्थिती, हँसाई अनि घरिघरिको कविता र मुक्तकका लाइनहरु भारतीय दर्शकलाई बहुत प्यारा थिए । उतातर्फ क्रिकेट कमेन्ट्रीमा पनि आफ्नै देशी अन्दाजमा यि सिद्धु घरघरका साथी झैं भइसकेका थिए, भारतीय दर्शकमा ।
गत हप्ताको पुलवामा आक्रमणमा ४२ जना भारतीय सैन्यदस्ता मारिएपछि भारतको कला, साहित्य, कुटनिती अनि सेलीब्रट्री ट्रेन्डले पनि नयाँ मोड लिइरहेको छ । त्यस आक्रमण लगत्तै नवजोत सिंह सिद्धुको एउटा स्टेटमेन्टले उन्को टिभी करियर र राष्ट्रिय छवी नै धराशायी भएको छ ।

उन्ले भारतमाथिको त्यस घटनाको निन्दा गर्दै आतंकवादीको कुनै जात या देश नहुने र पाकिस्तानलाई प्रतिबिम्बित गर्दै एउटा देश नै आँफैमा आतंकवादी हुन सुक्दैन भनेपछि त भारतमा यिनी बिरुद्ध नारावाजी नै भयो । यिनको यो बक्तब्यमा पाकिस्तानी समर्थनको गन्ध देखियो भनेंर ट्वीटरमा वोइकट सिद्धु, ब्याकअफकपिलशर्माशो जस्ता ह्याशट्याग बग्रेल्ति आउन थाले । यसै भयमा सिद्धुलाई सोनी टिभीले यस शो बाट निकालेको जनाएको भनिएको छ ।

अहिले भारतमा हरेक पेशा र पदका ब्यक्तिहरुले पाकिस्तानलाई आतंकवादको संज्ञा दिँदै पन्छाँउने कार्य भइरहेको छ । कला र चलचित्र क्षेत्रमा अब पाकिस्तानी कलाकारसंग कार्य नगर्ने देखि कुटनिति, राजनिति अनि नागरिकस्तरमै पाकिस्तानको अत्यन्त हेय भाव जागृत भएको अवस्था छ । नवजोत सिंह सिद्धु शायद अब त्यस कुर्सिमा बसेर हाँसेको दर्शकले देख्न पाउने छैनन् र उनको ठाँउमा अर्की अभिनेत्री र उन्को समकालिन अभिनेत्री अर्चना पुरन सिंहलाई ल्याइएको छ ।

लाइभमाण्डु

यो पनि पढ्नुहोस्:

भारतपाक तनाबमा पाकिस्तानको जवाफ

पाकिस्तान विरुद्ध भारतका बिकल्पहरु

 

 


Loading comments...