
हावा ,फोहोर र पासपोर्ट (नेपालको पेज)
९ फाल्गुन २०७५, बिहीबार १०:००
हावा
कस्तो हावा रहेछ । बकम्फुसे वा बिना कामको बुझाउन खोज्दा यसै भन्छन् क्यारे । यसरी कसैलाई काममाराको ट्यागमा प्रयोग हुने हावा उपमा पाइँदैमा दुखित भइहाल्नु पनि पर्दैन । हावा नभई गाडी, साइकल केही गुड्दैन, जीव चल्दैन । आजैदेखि सुरु हुने नेपालको पेजको यो सिरिजमा यस्तै हावा कुराहरु पनि आउनेछन्, कुरो यत्ति मात्रै हो खुल्ला भएर विना आकारको उड्ने हुन्छ कि वा भकुण्डो भित्र रहेर खेल्न मिल्ने आकारमा आउँछ ।
फोहोर
सुसेल्दै फोहोरको गाडी हुँइकियो । सुसेल्दै भनेको चाँहि हर्नको आवाज नभएर गियर चलाउँदा र अन्य पार्टपुर्जा तरङ्गित हुँदाको ध्वनी हो । अनि त्यो बढेमानको टिपरको अग्रभाग, अझ स्पस्ट भन्दा ड्राइभर बस्ने मास्तिर ठूलो झोलालाई बढो रामरी राखेको । अलि स्पीड तलमाथि भयो भने ठाडै सडकमा, भाग्यमानी हुने हो भने तपाइँले हाँकीरहेको मोटरसाइकलमा आउने पारामा । हेरम् फोटो, पछाडिबाट खिच्दा फोहरको पोको सानो देखिएको छ ।
यी चालक महाशयलाई केही त भन्नुपरो, सम्झाउने चेष्टा नै गर्न खोजेको त हैन, भनेर यसो साइडमा बाइक तानेर अगाडि बढियो । साथीले सवारी ऐन, सडक मर्मत, सरकारका प्राथमिकताका बारेमा इतिबृतान्त सुनाउँदैगर्दा मैले कुरा गर्न खोजेको पाटो त्यो पोकोलाई धरापमा माथि राख्नु साटो जहाँ राख्नुपर्ने पछाडिको ठूलो भागमा नराखेको सम्बन्धमा केही बोलेनन् ।
युवा बहिरगमन
यो छुट्टै शीर्षक नभएर माथिको फोहरको सानो इस्यु कै फलोअप हो । युवा पलायन किन भए उत्तर सय होलान्, ब्यवहारमा चाँहि आफूले सामान्य रुपमा गर्न सक्ने कुरो नगरेर तेसलाई ठूलो बनाएर यहाँ केही हुँदैन वा किमार्थ गर्न सकिँदैन भन्ने सिद्धान्त अबलम्बन गर्ने मानिसका ठूला झुण्डका कारण नै हो । बुवाले आफ्ना अधिकारका लडाँइ लडीराख्दा छोराछोरीलाई यसले केही पार लाउन सक्दैन भन्ने लाग्नु । तीन पुस्ता नै अधिकारका लागि सिद्धिए, आफू त्यो लिस्टमा नपर्ने बरु खाडीको नक्सा नाप्ने नै श्रेयकर ठान्ने युवा जमात बाक्लै छ, तेसैले बहिरगमन छ ।
अघि कै फोहरको पोकोले पनि त्यो देख्ने धेरैलाई बिरक्ती नै सिर्जना गर्छ अनि देशमा गर्न सकिन्छ भन्ने सोचलाई धुल्याउँछ । सकेको गरम् । हल्ला थोर, काममा फोकस् । अनि बढी पपुलिस्ट हुन नखोज्दा नै बेस ।
इति ।
स्तम्भकार www.nepalkopage.com मा नियमित समसामयिक विषयमा ब्लग लेख्नुहुन्छ ।
नेपालको पेज
सुधन सुवेदी
Twitter: tweetsudhan
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै