Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

उत्तर कोरियाको इतिहास

११ फाल्गुन २०७५, शनिबार १८:५०


बास्तवमा यस देशको पुरा नाम डेमोक्राटीक पीपुल्स रिपब्लिक अफ कोरिया हो । चीन, साउथ कोरिया र उत्तरपूर्वी एसियाको बिचमा यस देश रहेको छ । कुल २ करोड ५० लाख आवादी रहेको देशमा ३० लाख भने राजधानी शहर प्योगंयागं मै बस्दछन् । सन् १९४८ बाटै यस देशलाई कीम परिवारले जहानियाँ शाषन गर्दै आएको छ । सन् १९४८ देखि १९९४ सम्म कीम जोगं ईलका हजुरबुवा कीम सुगंले शाषन गरेका हुन् । उनलाई जिवन र मृत्युपर्यन्त दुबै समयमा भगवान सरह निष्ठा गरिन्छ । उन्का सालिक अनि भनाईहरु अहिले पनि देशका सबै चोक चौराहमा देख्न सकिन्छ ।

विश्व इतिहासमै सबैभन्दा रक्तिम र त्रासदीपूर्ण युद्ध, कोरियन युद्धका क्रममा उत्तर कोरियामा यिनै कीम सुंग शाषक थिए । यस युद्धमा दुबै कोरियाका ५० लाख बढि सैनिक मारिएका थिए । सन् १९५३ को युद्ध पछि दक्षिण कोरिया अमेरिकी पथमा ब्यापार अनि ब्यवसायको केन्द्रमा अघि बढ्यो भने उत्तर कोरिया चीन अनि सोभियत संघको सर्मथनमा अघि बढेपनि तानाशाह शाषन, ब्यबस्थापनको अभाव, भ्रष्टाचार अनि प्राकृतिक पकोपहरुका कारण झनै खस्कदै गएको बताइन्छ । बिभिन्न श्रोतका अनुसार उत्तर कोरियामा अहिलेपनि खाधान्न अभाव रहेको बताइन्छ ।

सोभियत संघको धरातल सन् १९९० मा ढलेपछि त्यसको मुख्य प्रशंसक देश उत्तर कोरिया पनि बिभिन्न जोखिम र अफ्ठेरोमा परेको थियो । यसैक्रममा देश भित्रै भएको युद्धका कारणले ६ लाख देखि १० लाख उत्तर कोरियालीहरु त्यस बर्ष मारिएका थिए । सीआईए को प्रतीवेदन अनुसार बिश्वका गरिब २३० देशहरु मध्य २१५ औं स्थानमा उत्तर कोरियालाई राखिएको छ । उत्तर कोरियाको व्यापार को मुख्य केन्द्र चीन हो, यसले चीनलाई कोईला बेच्दछ ।

उत्तर कोरिया र अमेरिकाको समबन्ध,
कोरियन युद्धमा अमेरिकाले साउथ कोरियालाई काखी च्यापेपछि नै उत्तर कोरिया र अमेरिका बीच समबन्ध बिग्रिएको हो । आज पनि साउथ कोरियामा २३ हजार ५ सय अ‍ेमेरिकी सैनिकहरु बस्ने बेस रहेको छ । सन् २०१६ को प्रतीवेदन अनुसार अमेरिकाको छैठौं ठूलो व्यवसाहीक साझेदारी देश साउथ कोरिया हो । सन् २०१२ को मार्च १५ मा हस्ताक्षर गरिएको कोरिया अमेरिकी व्यापार सम्झौताका अनुसार निशुल्क व्यापारको प्रावधान रहेकोमा अहिले राष्ट्रपती ट्रम्प भने यस संझौताको बिरोधमा देखिएका छन् ।
उत्तर कोरियामा भने अमेरिकी ज्याजतीका बिरुद्धमा जनमानसलाई सजग गराउने हेतुले अमेरिकी ज्याजती झल्कीने गरि संग्राहलय नै बनाइएको छ । शायद ईराकमा सद्धाम हुसैनको जहानिँया शाषन, लिवीयाका गद्धाफी लगायतका दुस्खद अन्त देखेका कारण उत्तर कोरियाका शाषकले आफ्नो देशको सार्वभौमिकताको आडमा आफ्नो शाषन जोगाउन न्यूक्लीयर हतियारको धम्की अनि पश्चिमा बिरुद्ध आफ्ना देशवासीलाई भड्काउने गरेको पनि अनुमान छ ।

भनिन्छ कि हरेक ६ हप्तामा एउटा न्यूक्लीयर बम बनाउने क्षमता उत्तर कोरियाको छ तर के उत्तर कोरियाले हावामा अन्य एन्टी मिसाईल प्रणालीबाट जोगाँउदै आफ्ना बेलिस्टीक ईन्टरकन्टीनेन्टल हतियारलाई चाहेको ठाँउमा आक्रमण गर्न सक्छ त ? यो कुराको पुष्टी भने हुन सकेको छैन । गत वर्षमा भनें अमेरिका र उत्तर कोरिया बिचको समबन्ध सुधार भएको र दुबै देशका राष्ट्रपतिहरु बिच भेटवार्ता भएको छ । त्यसपछि समबन्धमा निकै सुधार र अमन चैन छ . अब फेरि दुबै राष्ट्रका राष्टाध्यक्षको भेटघाटका कार्यक्रम तय गरिन आँटेको ऐजेन्सीको रिपोर्ट छ । हेर्दै जाँउ के के हुनेछ ?

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै