सिरियामा भेटिएको अहिलेसम्मकै सबैभन्दा ठूलो मानव चिहान


मासमर्डर अर्थात धेरैजना मान्छेहरुको एकै ठाँउमा हत्या र यस्ता मासमर्डरहरु युद्धका बेलामा निकै गरिन्छ । कुरा गरौं सिरियाको जुन देश एउटा भिषण गृहयुद्धबाट बल्ल माथि उठिरहेको छ, अझै पनि युद्धको चपेटामा रहिरहेको छ । सिरियामा लाखौं सिरियनहरुले ज्यान गुमाए अनि अझै पनि बेला बखतमा त्यहाँ नयाँ नयाँ सामुहिक चिहानहरु फेला पर्दछन अनि उत्खनन गरिन्छ त्यहाँ मारिएका मानवहरुको कंकाल अनि उनीहरुको नसुनिएको वेदनाहरु । रक्का एउटा सिरियन शहर हो जहाँको एउटा खाली र सुनसान खेतभन्दा २ मिटर मुनी बनाइएको एउटा गोप्य ठाँउमा एकजमानामा आइसीस अर्थात इस्लामीक स्टेट ग्रुपको सदरमुकाम रहेको र त्यहाँ कम्तीमा पनि ३५०० मान्छेहरुको सामुहिक चिहान रहेको तथ्य फेला परेको छ ।

गत महिना मात्रै अन्वेषण टोलीले अल फुकेइकामा रहेको सामुहिक चिहान पत्ता लगाएको थियो, त्यस ठाँउबाट १२० भन्दा धेरै नरकंकालहरु निकालिएको थियो । सिरियाका ध्वस्त शहरहरुमा लडेका घरहरुका अवशेषमा अहिले पनि सैयौं मानव शरीरहरु रहेका र दुर्गन्ध आउने त्यहाँ बसोवास गर्ने मान्छेहरुले जनाएका छन् । यस्ता सामुहिक चिहानको कुरा गर्दा त्यहाँ दुई प्रकारका चिहान रहेको फोरेन्सीक एक्सपर्ट असाद मुहम्मदले बताँउदछन् । एकखाले चिहान केवल एकजनाका लागि बनाइएको हुन्छ जहाँ उत्खनन गर्दा एउटा मात्र नरकंकाल हुन्छ भनें अर्को चिहानमा सैयौं लाहरु एकै ठाँउमा खप्टीएका हुन्छन् ।

अहिलेसम्म सिरिया आसपासमा ९ वटा सामुहिक चिहान फेला परेको र ९०० वटा नरकंकाल भेटिएको एउटा सामुहिक चिहानको नाम भनें पानोरामा राखिएको तथ्य छ । अहिले भेटिएको चिहान चाँही आईएस सन् २०१४ मा सिरिया आएपछिको सबैभन्दा ठूलो चिहान रहेको बताइन्छ । यसरी मानव कंकालहरुलाई उत्खनन गरिएपछि लगेर राम्रोसंग धार्मिक चिहानस्थलमा शदगत गरिने चलन छ । रक्काको चिहानस्थल बाट उत्खनन गरिएको ३५०० नरकंकालमध्य ५६० कंकाल भनें बिभिन्न प्रमाणले पत्ता लगाएर उनीहरुको परिवारलाई जिम्मा दिएको बताइन्छ । अबका बाँकी नरकंकलहरुमा आइएसले बन्दी बनाएका धेरै विदेशी नागरीकहरु पनि भएको आशंका छ ।

यिनमा अमेरिकी पत्रकार जेम्स फोले, केया मुलरहरु पनि रहेको आशंका छ । उनीहरुलाई मारिएको भिडियो फुटेज हेर्दा रक्काको बन्दीगृह जस्तो भएको आशंका गरिएको छ, कंकालहरुको कपडा र शरीर चिन्न सक्ने अवस्थामा नभएकाले यसै पहिचान संभव नभएको बताइन्छ ।सिरियाका सम्पूर्ण मृतकहरुलाई परमेश्वरले आफुमा समाहित गरुन् । विश्वमा अमन चैनको प्रार्दुभाव होस्, अब यस्तो युद्ध देख्न अनि भोग्न नपरोस् ।

लाइभमाण्डु


Loading comments...