chopper rash

हेलिकोप्टर किन दुर्घटना हुन्छ ?


सन् २०१६ को अगस्त महिनामा फिस्टेल एयरलाइन्सको एउटा हेलिकोप्टर नाइनएन एके गोर्खाबाट काठमाडौ बिरामी लिएर आउने क्रममा नुवाकोटमा दुर्घटनाभएको थियो । यदि दुर्घटना समय भन्दा ६ या ७ मिनेट बढी उक्त हेलिकोप्टर आकाशमा रहेको भए सबै यात्रुहरु सकुशल काठमाडौ अवतरण गर्ने थिए ।

त्यस्तै अस्ति एयर डाइनस्टीको हेलीकप्टर ताप्लेजुङ्गमा दुर्घटनामा पर्दा वहालवाला मन्त्री लगायत थुप्रै अन्य महत्वपूर्ण मानविय क्षती भए, नेपाल स्तव्ध छ । शायद जोखिम नमोली केही समय रोकिएको या त्यही भइदिएको शायद केही हुँदैनथियो कि ?
आकाशमा चिलचराझैं सरोवर उडिरहेका प्लेन र हेलीकप्टरहरु कहिलेकाँही सुकेका कागज झैं झर्ने र बल्ने गर्दछन् र अनि संगै बल्दछ हाम्रा आफन्त, नेता, साथी अनि सपनाहरु ।

आकाशमाथिबाट टाउको उठाएर हामीमध्य धेरैले बालापनदेखिनै हेलिकोप्टर र प्लेन बादल भित्र र आकाशमाथि हेरेका छौँ, सशस्त्र यूद्घका बेला आर्मीका हेलिकोप्टरहरु बिभिन्न ठाउ र ब्यारेकमा अवतरण गरेका छौ, टिभी अनि रेडियोमा नाइट भिजन हेलिकोप्टरका बारेमा सुनेका छौ अनि चलचित्रमा धेरै हेलिकोप्टर अनि प्लेन देखेका छौ । पाइलट बन्ने सपना भएर पनि बन्न नसकेका, प्लेन चढ्न बाकी, हेलिकोप्टर चढ्न बाकी, या दुबै चढिसकेका या हामीमध्य कोही त पाइलटनै पनि छौ , आउनुहोस आज हामी अमेरिकाका उड्यन सुरक्षा बोर्डका आधिकारिक ब्यक्तिहरु जो आफैँ कुनैसमयमा पाइलट या फ्लाइट इन्जिनियर थिए, उन्का प्लेन र हेलिकोप्टर दुर्घटना सग समबन्धीत भनाइहरु अनि शोधहरुका बारेमा पढौँ ।

हामीमध्य धेरैले हेलिकोप्टर दुर्घटनाका बारेमा सुनेका छौ किनभने हेलिकोप्टर तुलनात्मक रुपमा प्लेनले भन्दा धेरैनै जोखिम यूक्त काममा प्रयोग गरिन्छ । जस्तै दुर्गम क्षेत्रका विरामीलाई शहर ल्याउनु, लेक लागेका या अशक्त मान्छेलाई हिमालबाटै उद्घार गर्नु, यूद्घग्रस्त क्षेत्रमा सैन्य सहयोग र निरीक्षणलाई अनि प्राकृतीक प्रकोपग्रस्त क्षेत्रमा सहयोगकालागीनै किन नहोस ?  प्लेन प्रयोग गर्न नमिल्ने, विमानस्थल नभएका र रनवे नभएका स्थलमा हेलिकोप्टर प्रयोग हुन्छ , प्लेनहरुचाहि निर्धारित रुट, नियन्त्रित रनवे र एयर टा्रफिक कन्ट्रोलरको सुबिधा र अन्य धेरै सुबिधायूक्त वातावरणमा मात्र सञ्चालन गरिन्छ तर हेलिकोप्टरका हकमा भने यस्तो हुदैन ।

हेलिकोप्टरलाई आफूले चाहेजस्तो जहापनि ल्यान्ड गर्न र उडाउन सकिन्छ तसर्थ यस्को प्रयोग प्लेनको तुलनामा जोखिमयूक्त छ । खराबमौसमले प्लेन भन्दाधेरै हेलिकोप्टरलाई असर गर्दछ र यूद्घग्रस्त क्षेत्रमा पनि प्लेन भन्दा हेलिकोप्टरलाई बिद्रोही या आतकंकारीले सहजै आक्रमण गर्न सक्दछन । प्रेसराइजेसन बिना हेलिकोप्टर १२ हजार फिटसम्म अधिकतम उचाइमा उडान भर्न सक्दछ जस्ले गर्दा धेरै ठूला घर या पहाड अनि टावरहरु भिजिबिलिटी कम भएका बेला अकास्मीक रुपमा देखापर्न या हेलिकोप्टरको मार्गमा आउन सक्दछन् । हवाइ इतिहासमा धेरैजसो दुर्घटनाहरु उडान भर्दा या अवतरण गर्दा हुनेगर्दछ अनि हेलिकोप्टरहरु प्लेनको तुलनामा धेरै उडान भर्ने र अवतरण गर्ने गर्दछन् ।

प्लेनको तुलनामा हेलिकोप्टरको धेरै चलायमान पूर्जाहरु हुन्छन जस्का कारण धेरै पाटपूर्जाहरु उडानका समयमा बिग्रनसक्ने खतरा रहन्छ, हेलिकोप्टरमा मुख्य रोटर , पुच्छरको रोटर, गियरबक्स अनि त्यस्को लम्बाइमा डा्रइभ शाफ्ट रनिगं हुन्छ । यि कुराहरु मध्य कुनै एउटाकुराले काम गरेन भनेँ हेलिकोप्टर नियन्त्रीत हुनै सक्दैन । प्लेनको तुलनामा हेलिकोप्टर चलाउन अझै अफ्ठेरो र खतरा रहन्छ, नया पाइलटका लागी त झन खतरा हुन्छ । नियन्त्रणगर्नका लागी जोयस्टीक र साइकलिक कन्टा्रेलको प्रयोगले हेलिकोप्टरलाई अगाडि पछाडि गरिन्छ । कलेक्टीभ कन्टा्रेलको प्रयोगले हेलिकोप्टरलाई तलमाथी गरिन्छ र समानान्तररुपमा हेलिकोप्टरको थुतुनोको दिशा चलाउन अनि इन्जिनको पावर अर्थात थ्रोटलको कन्टा्रेलका लागी एन्टी टर्कीउ पेडलको प्रयोग गरिन्छ । शुरुवाती पाइलटकालागी हेलिकोप्टर प्लेनभन्दा दुइगुना धेरै खतरनाक हुन्छ । रिसर्चक अनुसार प्रति एकलाख घन्टामा प्लेनहरु ६ दशमलव ०८ प्रतिशतका दरले दुर्घटना हुन्छन भने हेलिकोप्टर १२ दशमलव ६९ प्रतिशतका दरले , यो दर निक्कैनै धेरै हो ।

सिगंल इन्जिनका पिस्टन प्लेनहरु जेट प्लेन भन्दा दश गुना धेरै दुर्घटनाहुने गर्दछ ।
हेलिकोप्टर दुर्घटनाको दर धेरैभएपनि सबै दुर्घटनाले मानव जिवन लिने भने गर्दैन, अधिकांश दुर्घटनामा मानव सकुशल रहेका हुन्छन या जसोतसो बाँच्दछन । प्रति एकलाख उडान घन्टामा १. ३ प्रतिशत मृत्यूदर रहेने हेलिकोप्टरको डाटा छ भनेँ प्लेनमा भनेँ कम्तिमा १.४ प्रतिशत हुन्छ र प्लेनको हकमा यो दर धेरै हदसम्म बढ्ने गर्दछ ।
तर उचित स्याहार सभांर गरिएको इन्जिन र मापदन्ड अनुसार गरिएको फलाइट प्रोटोकोल तथा अनुभवी एवं दक्ष पाइलट भएमा यस्ता दुर्घटनाहरुलाई जोगाउन सकिन्छ ।

यो पनि पढ्नुहोस् 

 


Loading comments...