प्लेटो र सनातन दर्शन


यता बेलायतीहरुले भारतवर्षलाई आफ्नो उपनीवेश बनाइसकेपछि पूर्वीय दर्शन, सभ्यता अनि ग्रन्थहरु उल्था गर्न जर्मन प्राध्यापक म्याक्स मुलरलाई कार्य दिएका थिए । म्याक्स मुलर पनि पूर्वीय सभ्यता र प्लेटो लगायतका पश्चिमाहरुको दर्शनमा भएको समानता देखेर अचम्म लागेको बताएका थिए भनेर बिभिन्न शोधहरुमा पढ्न पाइन्छ । म्याक्स मुलर सन् १८२३ मा जन्मेर सन् १९०० मा वितेका हुन् । उन्ले जिवनकालमा सस्कृतको अध्ययन गरेर अनि सस्कृतका ग्रन्थहरुलाई अन्य भाषामा अनुवाद गरेका हुन् । विश्वमै सबैभन्दा धेरै रकम तिरिएका अध्यनशास्त्री म्याक्स मुलरका नाममा भारतमा अहिले पनि बिभिन्न चोक, शालिक र भवनहरु छन् । म्याक्सले ज्ञान र दर्शनको रुखमा उपनिषद जस्तो मिठो फुल र वेद जस्तो फल कहिँकतै नभएको भनि व्याख्या गरेका छन् ।
पूर्वीय दर्शन अनि प्लेटोका धारणाहरु बिचमा धेरै समानता पाइन्छ । महान दार्शनिक प्लेटोलाई पनि पूर्वीय सस्कारका अनुयायी या यतावाट प्रेरित बिचारक पनि भनिन्छ । आउनुहोस् आज केलाएर हेरौं आखिर के समानता छ त ? प्लेटो अनि हाम्रो उपनिषदहरुमा ।

ईशापूर्व चौथौं शातव्दीमा अलेक्जेण्डरले भारतमा आक्रमण गर्नुपूर्व पनि केही भारतबर्ष र ग्रिस बिचमा सस्कारगत समबन्ध या समानता थियो त ? धेरै अध्ययन अनि अनुसन्धान विश्वमा अहिले यस बिषयमा पनि भइरहेका छन् । प्लेटो मार्फत नभई पाइथागोरस र ओर्फीक धारणा अनि दर्शनहरुमा पनि पूर्वीय दर्शनको छाप पाइन्छ ।

प्लेटोको दर्शनमा अनि उपनिषदका संवादहरुमा बिभिन्न समानता छन् । दुबैदर्शनमा मान्छेले आफ्ना भौतिक चाहनाहरु बाट माथि उठेर आफूभित्रको निस्वार्थ अस्तित्व र जागरणलाई ध्यान दिनुपर्ने कुराहरु उल्लेख गरिएको छ । पश्चिमा सभ्यतालाई पूर्वीयभन्दा तुलनात्मक भौतिकवादी मानिन्छ तर पूर्वीय सस्कार र सभ्यता आत्मिक जागरण, शान्ति अनि ध्यानको महासागर हो । तथापी पश्चिमा दार्शनिक प्लेटोको बिचार अनि दर्शनमा समेत पूर्वीय सस्कारको छाप हुनु हाम्रो पूर्वीय दर्शन र ज्ञान गहिराईको प्राचीन कालदेखि नै भएको महत्व हो भनेर पनि बुझ्न सकिन्छ । जसरी बेद र उपनिषदले मोक्षका कुरा गर्दछन् त्यसै गरि प्लेटोले पनि आफ्ना धारणा र दर्शनमा मोक्षलाई क्रमैसंग उल्लेख गरेका छन् । डिट्याचमेन्ट थियोरी अर्थात अहिले पश्चिमामा चलेको बहुतै सन्त अनि चाहनाहरुलाई त्याग गर्ने शुन्यताको बैचारीक अवस्थाका प्रयोगात्मक प्रतिपादक पनि प्लेटो नै हुन् ।

मेसडटेरिन महासागरका पूर्वीय तटहरुका स्थानमा प्लेटो पछिका केही शताव्दीपछि ग्नोस्टीक अनि प्रोटो क्रिस्चियनहरुमा एकता, भगवानको एकात्मकता, आत्मा अनि परमात्माका अवधारणा को श्रेय पनि प्लेटोलाई नै जान्छ । प्लेटोले शरीरभन्दा आत्मालाई बढि प्रार्थमिक्तामा राखेर धारणा राखेका छन्, फाइडनको ७२ को ८ मा प्लेटो लेख्दछन कि आत्मा शरीर भन्दा अघि आँउछ । यहि कुरालाई पूर्वीय दर्शनमा आत्मा या प्राणका रुपमा नाश नहुने तत्वका रुपमा परमात्मा जागरणसंग जोडेर हेरिन्छ । प्लेटोले फाईड्रोसको २४६ सी मा मानविय चाहनालाई आवश्यक र अनावश्यक गरि दुई भागमा बाँढेका छन् । निकै अध्ययनहरु प्लेटोको दर्शनलाई सनातन दर्शनको अभ्याससंग जोडेर भइरहेको पाइन्छ, जे होस् विश्वमा अहिले आएर सनातन संस्कारको निकै शोध र महत्वहरु उत्खनन हुन थालेको छ ।

सुयोग ढकाल


Loading comments...