घामको न्यानो स्पर्स


अंकित अर्याल
लेखक: अंकित अर्याल

अंकित अर्याल- बिहानीको पहिलो चिया म बिर्खे दाइको मा खान्छु । ठिक बिहान आठ बजे म अखा मिच्दै, हात्तीछाप चप्पल पड्काउदै , गाउँका एस्पई आन्टीहरुलाइ हेर्दै जसो तसो केहि सुराग नछोडी बिर्खे दाइकोमा पुग्छु| बिर्खेदाइकोमा पुग्नासाथ पसलको ढोकामा अद्काको पर्दा लाउछु अनि केहि नबोली कुनाको टेबुलमा गएर बस्छु| लगभग ५ मिनेट पछि बिर्खे दाइले एक कप चिया टक्राउछन् । बिर्खे दईनी बाठा छन् ।दाइ एसो ओरिपरि आफ्नो पसलमा हेर्छन अनि कोहि संकस्पक सिसि टिवी क्यामेरा नदेखेपछि, मेरो हातमा घामको न्यानो सिंगो टुक्रा टकराउछन् | बिहानीको खालि पेटको चि-चु को मज्जै बेग्लै । चि-चुको सबैकुरा ठिक तर जुन यो चि-चु पछिको pressure छ नि, त्यसले मलाई ussain bolt जस्तै दौदाउदै घर पुर्याउछ | तर मेरो १०० मीटर race सुरु हुनुभन्दा अगाडी, बिर्खे दाइलाई “ दाइ लेख्दिनु है” भन्न चैं कैले बिर्सिन्न । बिचरा बिर्खे दाईको लेख्दा लेख्दा कापी सक्कियो होला तर त्यो पसलमा म बाट हाती, बाघ, हरिण की झरेन ।

मेरो र घामको माया त्यो दिन बाट सुरु भयो जुन दिन मेरो र मेरी चन्द्रमुखीको माया फितलो भयो । चंद्रमुखिले मेरो अनुहारमा दाग देखिन रे अनि मैले उनको चरित्र मा | अब ब्रेक-अप भएर दुखि हुदै बिर्खे दाइकोमा पुगे । मान्छे दुख पर्दा रक्सि खानछन् रे मलाई भने चियाको मातै ठिक थियो | हस्यांङ्फस्यांग  गर्दै मेरो साथी नि आइपुग्यो बिर्खे दाइकोमा अनि अर्थि बुद्धि दिन थाल्यो । “तलाई के था, सुर्यको स्पर्स ले सबै tension हटाउछ”, भन्यो अनि मैले पनि होलनित भनेर अध्यारोमा “तिर” हने । अब जिन्दगी  घाम नताप्या मान्छे के था मलाइ | हनुमान जीले पनि सुर्य खाका थिए रे भन्यो साथीले, अनि मैले पनि चाख्दिये | चकलेट खादा निल्नु पर्छ रे, चुइङ्गम खादा चपाउनु पर्छ रे तर सुर्य खादा ओकल्नु पर्छ रे भन्यो साथीले | हनुमान जीले पनि ओकलेका थिए रे अनि म चै के कम । मैले नि ओकले, अनि त्यो घामको पहिलो स्पर्सबाट सुरु भयो, मेरो र चंद्रमुखिको बिछोडको पिडा मा मलाइ साथ् दिने, मेरो घाम, अनि सुरु भयो मेरो र रविको love स्टोरी |

यम दाइले भन्थ्ये, “ दिन बित्दै गयो लाग्यो तेस्को बानि” साचै अब एक महिना पछि म मेरी प्रेमिका बिना बच्ने नसक्ने भएछु | भन्छ नि मायामा पर्दा मुटु दुख्छ रे साचै हो रहेछ, कहिले काही दिनको १०-११ पल्ट उनको र मेरो भेट हुदा मेरो मुटुको ढुकढुकी पनि बढेर आउछ | तर यो माया अरु भन्दा बेग्लै थियो |

साथीभाइले भन्थे, आफ्नो girlfriend अरु संग देख्दा रिस उठेर आउछ, तर खाइ के हो मलाई भने मेरी मायालु अरुको अँगालो मा देख्दा सारै खुसि लाग्छ | कैलेकाइ त म र मेरा साथि हरु मेरी मायालाई पास-पाश पनि गर्छौ |

माया मात्र हो त, मेरी प्रेमिकाले मलाइ अनगिन्ति साथीहरु पनि बनाउन सिकाइन | कति साथिहरु त, तेही बिर्खे दाइकोमै पनि बने | अनि “तिर” हानाहान मा बनेका साथी जीवनभरिलाइ भए |

एक दिनको कुरा हो, पुषको ठिर्याउने जाडोमा म बिर्खे दाइको मा बसेर चिया खादै घाम ताप्दै थिए | त्येतिकैमा मेरो साथी मुन्टियो | हो तेही साथी जसले मलाइ घाम ताप्ने मज्जा लिन सिकाको थियो | सिकाउन नि क्या मज्जाले सिकाउथ्यो भने, “ vix chocolate खाको जस्तै खान भन्थ्यो” | त्यो साथि संग बस्दै थिए | निकै समय पछि हाम्रो भेट भयो भनेर पुराना कुरा गर्दै थियेम र त्येतिकैमा बिर्खे दाइले साथीको अगाडी चिया राख्नुभयो | “ दाइ चिया मात्र ?” भने मैले | अनि साथि साइड बाट भन्छ “ अं यार मैले छोडिसके” | एकाएक जाडो सुरु भए देखि न नुहाएको कानको गुजी सफा गर्दै फेरी सोधे “ के भानिसरे ?” अनि साथीको नुन्यौरो स्वोर ले फेरी ओकल्यो “ मैले घाम ताप्न छोडिसके यार मेरो girlfriend ले छोड भनि” |

अचानक कसैले झट्यारो हान्या जस्तै भयो मलाइ | कानको गुजिले हो कि के हो background मा एक्ता कपूर को सिरियलमा बज्ने जस्तै धुम-ताना-ना-ना-ना -ना बजे जस्तै भयो | उता बिर्खे दाइ भने मुसु मुसु हास्न थाले | फेरी त्यो मुर्दार्लाई सोधे “ को हो ओइ तेरो girlfriend भानौदी ?” तेस्ले भन्यो ह्या छोड्न | बिर्खे दाइको मुस्कान झन्झन् बढ्दै गयो | भन् न – भन् न भन्दा भन्दा बल्ल तल्ल तेस्ले मेरी चंद्रमुखिको नाम लियो | अनि नाम लिना साथ् आखा तल पार्यो | मैले सोधे “ तेइ चन्द्रमुखी?” आङ्कनाउदै अँ भन्यो | बिर्खे दाइ खित्का छोडेर हास्न थाले अनि म मनमनै सोच्न थाले साला जिन्दगि – झंदुवा फिरभी घमंदुवा | फेरी बिर्खे दाइलाई इसारा दियॆ अनि बिर्खे दाइले एउटा रवि ल्याइदिए अनि हासोका खित्का छोड्दै कापीको अन्तिम पाना पल्टाउदै भने “ भाइ लेख्दिम?”

लेखकबाट अन्य:  मेरो नागरिकता हरायो


Loading comments...