
फेवातालमा प्यारासुट दुर्घट्ना, विदेशी नागरिकको मृत्यु
१९ फाल्गुन २०७५, आईतवार १४:४५
पोखरामा प्याराग्लाइडिङ खस्दा विदेशी नागरीकको मृत्यू भएको छ ।
सराङकोटडाँडाबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्दा रोमानियाका ४२ वर्षीय इड सिजरको मृत्यू भएको हो ।
प्याराग्लाइडिङबाट खसेर गम्भीर घाईते भएका उनलाई पोखरा स्थित मेट्रोसिटी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले बताए ।
सिजर ब्लुस्काई प्याराग्लाइडिङ कम्पनीबाट एकल उडानको अनुमति लिएका थिए ।
प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा अनियन्त्रित भएर फेवातालको मध्य भागमा खसेको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै