Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार

भुवन केसी र अनमोल केसीले “को बन्छ करोडपती”मा कति जिते ?

२० फाल्गुन २०७५, सोमबार १४:५६


चर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’ हप्ताको शनिबार, आइतबार र सोमबार ८३० बजे एपीवान एचडीबाट प्रसारण हुन्छ।ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ’को बन्छ करोडपति’सुरु भएको हो । यस कार्यक्रमलाइ नायक राजेश हमालले सञ्चालन गरेका छन् ।यस कार्यक्रम एसआरबीएन मिडियाको सहप्रायोजन रहेको छ ।कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन्।

यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्।टेलिभिजन शो ‘को बन्छ करोड पति’को नयाँ एपिसोडमा चर्चित अभिनेता भूवन केसी र उनका छोरा सुपरस्टार अनमोल केसी पुगेका छन्।आउँदो फागुन १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘क्याप्टेन’को टिम सहित भूवन र अनमोल ‘को बन्छ करोड पति’मा पुेगका हुन्।‘को बन्छ करोड पति’को शनिबार प्रसारित एपिसोड ११ मा यी केसीका बाबु छोराले ठुलो धन राशि जितेर लगेको छन् । उनीहरुले १५ औँ प्रश्न १ करोडसम्मका लागि नै खेलेका थिए तर अन्तिम प्रश्नको गलत जवाफ दिएर उनीहरुले अन्तमा ३ लाख २० हजार जितेका हुन् । हेर्नुहोस भिडियोमा ‘को बन्छ करोड पति’को नयाँ एपिसोड

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै