Lifestyle Portal
  •   ४ असार २०७८, शुक्रबार

कश्मीर विवाद सुल्झेला त ?

२१ फाल्गुन २०७५, मंगलवार ११:५९

गएका ७० वर्ष देखि कश्मिरको हिमालयन क्षेत्रमा भारत पाक विवाद जारी छ । भन्दा खेरि संसारकै स्वर्ग भनेंर कश्मीरको सुन्दरता ब्याख्या गरिएतापनि कश्मीरको आन्तरिक विवाद र युद्धका खाटाहरुले यस क्षेत्रलाई विश्वकै सर्वाधिक विवादित र युद्धरत क्षेत्रहरुमा सुचिकृत गरेको छ ।

२ हप्ताअघि कश्मिरमा भएको आत्मघाती बम हमलामा ४२ भारतीय सैन्यदस्ताको मृत्यु भएपछि दुबै देशहरु बिच तनाव बढेर गएको हो । एलओसीको सिमा अनुशाषन तोड्दै दुबै देशमा हवाई गस्तीहरु सक्रिय हुन थालेका छन् भनें भारतीय बिमानले त कश्मिरका केही क्षेत्रमा भारी बाबारी पनि गरेको छ । दुईवटा भारतीय जहाजहरु पाकिस्तानी सैन्यदस्ताले खसाएपछि समातिएका एकजना पाइलटलाई शान्तिको सन्देशस्वरुप पाकिस्तानले शुक्रवार भारतीय पक्षलाई सुम्पीएको छ । पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले शान्ति र धैर्यता अपनाँउदै युद्ध भन्दा शान्तिको बाटो रोज्ने वक्तव्यहरु दिइरहेका छन् । आसन्न निर्वाचनको संघारमा भारतमा मोदीले भनें अब चाल्ने कदमहरुमा अबको चुनावी परिणाम पनि भरपर्ने पक्का छ ।

अब कश्मीरको बिषयमा कुरा गरौं, कश्मीरको शाषन र स्वायक्तताको बिषयमा त्रिपक्षीय विभेदहरु पाइन्छ । भारतलाई कश्मीर चाहिएको छ, पाकिस्तानलाई कश्मीर चाहिएको छ अनि अब त कश्मीरलाई नै पनि कश्मीर चाहिएको छ । यो त्रिपक्षीय द्धन्दमा कश्मिरको मुद्धा अब अझै कतिवर्ष लम्बिनेछ, दैव जानुन । विश्वकै सर्वाधिक पुरानो द्धन्दमध्य एक कश्मिरको द्धन्दले हरेक दशकमा नयाँ नयाँ आयाम र ध्यान पाउँदै गएको छ ।

संयुक्त राष्ट्र संघको पनि उति प्रभावकारी भूमिका नरहेको यस द्धन्दमा भविष्यमा दिनमा झनै चुनौती र समस्याहरु प्रष्ट देखिन्छ ।
संयुक्त राष्ट्र संघमा कश्मीरको मुद्धालाई एतिहासिक कश्मिर भनेंर दर्ज गरिएको छ जस्मा गील्जीत बालिस्तान, लदाख, एजीके र जम्मुलाई पनि जोडिएको छ । जम्मुमा भारतीय समर्थन पाइन्छ भनें गील्जीत बालिस्तानमा पाकिस्तानी समर्थन । लदाखमा भारतीय समर्थन धेरै छ भनें कश्मिर र जम्मु स्वतन्त्र हुन चाहन्छन् । अब यि ५ वटा बेग्लै क्षेत्रलाई संयुक्त राष्ट्र संघले एउटै विवादका रुपमा लिएपछि विवाद सुल्झन सक्ने कुनै संभावना देखिदैन ।

उता भारतीय मिडियाहरुको कश्मीरप्रतिको धारणा र युद्ध उकास्ने रणनितिहरुले बहुसख्यक भारतीयहरुले कश्मीर र पाकिस्तानबिचको घृणा उत्पन्न गराएको छ । कश्मीरको समस्या घृणाले हैन माया र स्वीकारोक्तीले मात्र समाधान हुनेछ भन्ने कुरामा कुनै दुईमत छैन ।
अब त झन दुबै देशहरुले यस झगडालाई कायम राख्न आआफ्नो राजनैतिक कारण पाएका छन् । एकजमानाको हिन्दु राजा हरि सिहंको लगभग दुई तिहाई जनसख्याँ मुसलमान भएको राज्य कश्मीर सन् १९४७ मा त्यहाँका राजाले कि त भारत कि त पाकिस्तानको शाषन स्वीकार्नुपर्ने अवस्था आयो । यो अवस्थामा उनले कुनै एक देशको प्रभुत्व नस्वीकारि बसेका बेला पाकिस्तानतर्फका पृथकतावादी मुसलमान समुदयाले त्यस क्षेत्रमा लुटपाट र आन्दोलन चर्काएको इतिहास छ । कश्मीरको यो इतिहास र विवादको बुरुवात भएको ७० वर्ष पुग्दानपुग्दै त्यहाँ लाखौं मान्छेहरुको नरसंहार भइसकेको छ । महाराज हरि सिंहको विरुद्धका प्रभावशाली नेता शेख मुहम्मद अव्दुल्लाहलाई अहिले पनि बहुसख्यक कश्मिरिहरुले समनका साथ हेर्ने तथ्य पनि छ । राजा हरि सिंहले सुरक्षाको माग गर्दै जम्मुमा आफ्नो राज्य भारतको शाषनमा गाबेको कागजातमा हस्ताक्षर त गरे तर उता कश्मिरमा छिरेको पृथकतावादी र जातीय विवादको आगो अझै पनि बलिरहेकै छ ।

सन् २००१ देखि २००८ सम्म पाकिस्तानमा परवेज मुर्सरफ नेतृत्वको शाषन रहँदा पाकिस्तानी सरकारले कश्मिरि पृथकतावादीलाई सहयोग र समर्थन नगरेका कारणले कश्मिरमा निकै शान्ति छाएको बताइन्छ तर फरवेजको शाषन अन्त संगै फेरि कश्मिर युद्ध जुरमुराउन थालिहाल्यो । हिन्दु बहुसख्यक भएका जम्मु भारतीय समर्थनमा रहेको छ भनें मुसलमान बहुसख्यक भएको कश्मीरमा पाकिस्तानको समर्थन पाइन्छ । चुनावी सरकार र शाषन भएपनि त्यहाँका पृथकतावादीहरु उक्त सरकार र संयन्त्रको विरोृधमा छन्, उनीहरु हमला र आक्रमणको ताकमा रहन्छन् ।

सन् २०१० मा बहुसख्यक कश्मीरीहरुले भारतीय शाषनको विरोधमा प्रदर्शन पनि गरेका थिए । उतिवेला लगभग १२० जना कश्मीरी युवाहरुको हत्या गरिएको थियो, यस हत्याको आगो र प्रतिशोधले आजका नयाँ कश्मिरका पुस्तालाई झनै आन्दोलन चर्काउन प्रेरणा दिएको बताइन्छ । इन्दुस उपत्यका र खोलाको यस मुहान भएको क्षेत्रमा गएको शताब्दी रक्तपात र विवादले मात्र घेरिएको छ । भारत, पाकिस्तान र पृथकतावादीहरु बिचको यो त्रैकोणत्मक विवाद चाँडै सुल्झाउन सफल होस् । विश्व कश्मिरका शान्ति देख्न चाहन्छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै

काठमाडौं। कोरोनाभाइरस महामारीले पछिल्लो समय आतंकको अवस्था सृजना गरेको छ । ठूलो संख्यामा संक्रमितहरु थपिइरहेका छन् । मृत्यु हुनेहरुको संख्या

काठमाडौं। एउटी आमाको लागि उनको बच्चाको महत्व कति हुन्छ भन्ने कुरा संसारलाई थाहा छ । बच्चाको शरीरमा थोरै कोरियो भने