Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

भुवन र अनमोल केसीले को बन्छ करोडपतिबाट जितेको सबै रकम धुर्मुस सुन्तलीलाई दिए (भिडियो)

२१ फाल्गुन २०७५, मंगलवार १७:००


को बन्छ करोडपतिको एघारौँ एपिसोडमा नेपाली सुपरस्टार भुवन केसी र पछिल्लो पुस्ताका लोकपृय अभिनेता अनमोल केसी सहभागी भएका छन् । त्यहाँ जितेको सबै रकम उनीहरुले धुर्मुस सुन्तलीको क्रिकेट रङ्गशाला अभियानलाई सहयोग गर्ने घोषणा पनि गरेका छन् ।

फिल्मको प्रचार प्रसारका क्रममा महानायक राजेश हमालले एपी वान टेलिभिजनमा सञ्चालन गर्दै आएको रियालिटी शो ‘को बन्छ करोडपती’ मा सहभागि हुन अभिनेता भुवन केसी, अनमोल केसी, डेव्यु अभिनेत्री उपासना सिंह ठकुरी, प्रिंयका एमभी र निरुता सिंह शोमा पुगेर केबीसी खेलेका थिए ।

हेर्नुहोस भिडियोः

सहयोग प्राप्त भएपछि धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले भने, ‘नेपाली चलचित्र क्षेत्रका चर्चित नायक भुवन केसी र युवा स्टार अनमोल केसीले चर्चित रियालिटी शो ‘को बन्छ करोडपती’को मञ्चबाट हाम्रो देशको गौरवको परियोजना ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्ने उद्धघोषले हामीलाई अझै धेरै हौसला मिलेको छ ।’

क्रिकेट रंगशाला अभियानप्रति को बन्छ करोडपतिले दिनुभएको माया, साथ र सहयोगप्रति कृतज्ञ रहेको फाउन्डेसनको भनाई छ । को बन्छ करोडपतिबाट केसी बाबुछोराले ३ लाख २० हजार रुपैंया जित्न सफल भएका थिए । ‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’ भन्ने अभीयानप्रति सहयोग देखाएकोमा को बन्छ करोडपतिले पनि केसी बाबुछोरालाई धन्यवाद दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै