suyog dhakal

संसारा चक्रबाट मुक्ति


हामीसबैको चाह छ, हामी इच्छा र विलासीकाभोका छौं । अहिलेको आधुनिकविश्व सपनापूर्ति र प्रतिस्पर्धाको दौडमा दौडिरहेको छ । धनीभन्दाधनीपनिखुशी छैनन किनकिउनीहरु पनिआफूभन्दाधनीको तुलनामाआफुलाई कमजोर र निरिह पाँउदछन् । सर्वाधिकधनीहरु त्यस धनको संरक्षण र आफ्नो धनवानशीलताको रक्षार्थ लागेको र चिन्ताग्रस्त हुन्छन् ।

पूर्विय सभ्यताको मूलमर्मका समानता र अध्यात्मिता हरेको हुन्छ, अध्यात्मिताको अर्थ जोगी बनेर हिँड्नु या आफ्नो जीवनको दौडमा पछि पर्नु अवश्य हैन । मान्छे चाहना र प्राप्तीको लालसाबाटबाहिर आई भगवानतत्वको रसमालिन रहनपनि जरुरी छ । यस प्रतिस्पर्धा र प्राप्तीको कुनै अर्थ छैन जब हामी केहीपाउने दौडमा बाँच्न नै भुलीरहेका छौं भनें ।

आजआगो अर्थात अग्नि स्वरुपमा दृष्टान्तबाट शास्त्रार्थ शुरु गर्न चाँहे, विश्वका सम्पूर्ण उर्जाहरुको सर्वश्रेष्ठ उर्जा हो अग्नितत्व । हरेक उर्जाका सर्वोक्तमपवित्र स्वरुपअग्निउर्जामाविश्व शुरु पनि हुन्छ र सकिन्छ पनि । विश्वकातारापुञ्ज देखि सूर्यका शक्तिसम्म, अग्नि स्वरुपमापवित्रतमउपस्थितीमा रहेका छन् । सर्वाकार ओम शव्दको उत्पतिपनिअग्निज्वलनको स्वरुपमा हुन्छ, वैज्ञानिक रुपमाभन्दा हाइड्रोजनका अणुहरु हिलियममा परिणत हुँदाबल्ने तत्वसंगै ओमकार ध्वनीआउने गर्दछ । विज्ञानले यो कुरा सिद्ध गरेको छ, सूर्य ओमकारको श्रोत हो ।

धूनीजगाँउदाहोस् या चितामा, खानापकाँउदाहोस् या परमाणु बमको शुरुवात र प्रक्षेपण पछिको प्रलयमाहोस्, ओमकार अग्निको शक्तिको स्वरुपमा नै बिग्रह र योग लुकेको छ ।

आगो सर्वत्र छ, अग्निहामीभित्रपनि छन् । कोही मान्छेहरुलाई ज्ञान खोजिको तिब्र इच्छा हुन्छ र त्यस खोजिगर्ने तिब्र चाहपनिअग्निज्वाला नै हो । आकाशमापनिअग्नितत्वविधमान हुन्छ, चन्द्र र सूर्यको अवस्थितीपनिअग्नि नै हो । अग्निफाइदाजनक कुरा हो तथापिकामअर्थात चाहको रुपमाविधमानअग्निज्वालाले हामीलाई अन्धो बनाई नकारात्मकउर्जातर्फ पनिलिएर जान्छ । अर्को शव्दमाभन्दा त्यस उत्कट चाहको उर्जाले हामीलाई नष्ट पनिगर्न सक्छ । तर जननपनि एउटा अग्निको स्वरुपहो जस्ले हामीलाई सामरिक चक्रबाट दुर लिएर जाने गर्दछ । नष्ट पारिदिने अग्निउर्जा नकारात्मकश्रोत हो यद्धपी मौक्षको पैरव ीगर्ने उर्जा हाम्रो सकारात्मकपथप्रर्दशकहो । कामउर्जाले हामीलाई सुस्तरि नष्ट गर्दै जान्छ र हामीले काम र चाहको उत्कट चक्रबुझ्नु अगार्व हामीलाई यस उर्जाले निकै हानीगरिसकेको हुन्छ । अब जननउर्जाको बात गरौं जस्ले हामीलाई कामबाट दुर राखेर बचावट गर्दछ । एउटा यस्तो ज्वाला र चहक जस्ले हाम्रो शालिनताको रच्छा गरिदिन्छ । हाम्राइन्द्रियहरुमाथिको नियन्त्रणवाट मात्रजननउर्जा प्राप्तगर्न संभव छ, यो एउटा प्रकाशहो जस्ले रक्षागर्दछ । स्वर्गका राजाइन्द्रले गौतम क्रृषीकीपत्नीअहिल्यामाथि छल गरे तसर्थ इन्द्रलाई पनिश्राप पर्यो, यो एउटा आफ्नो कामवासनामा नियन्त्रण गर्न नसक्ने उर्जाले डोहोर्याएको राजाइन्द्रको कथाहो, कामउर्जाले उनलाई पनि छाडेन र नष्ट गरिछाड्यो ।

अब यस्ता कामवासनाअनि उत्कट चाहबाट मुक्ति कसरी पाउने त ?गीतामापनिउल्लेख छ कि भगवानप्राप्तिको केवल एउटा माध्यमहो चाह र कामवासनालाई त्याग गर्ने । भगवानतत्वको प्रेम नै मोक्ष हो, उनीहरुले यस संसाराको नदितर्न सक्दछन् । नत्र यस संसारका चक्रहरुवाट मुक्तिपाउने बाटो छैन ।

ज्यानदिएर लागौं आफ्नो काम र कर्तव्यमा तर त्यो यस संसारको दायित्वचक्रमात्रहो, यस संसारको बिग्रहसंगै या जीवनको बिग्रहपश्चात संसारा चक्रको एउटा अवयवको शुरुवात हुन्छ जहाँमुक्तिको अपेक्षागरिन्छ ।
चाहना र विलासकामात्र दास नबनौं, जीवनलाई अलिकखुकुलो बनाएर बाँच्नसिकौं ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...