न्यूजिल्याण्डका बन्दुकधारी को हुन?


अष्ट्रेलीयाका ब्रेन्टोन टेरेन्ट २८ वर्षिय युवक हुन् । फेसबुकमा लाइभ गरेको भिडियो अनि पठाएको इमेल र आप्रवासिहरुलाई नराम्रो सम्वोधन गरेका यि आरोपीको अहिले विश्वभरि चर्चा चलिरहेको छ । न्यूजिल्याण्डका प्रहरी प्रमुख माइक बुशले इस्लाम धर्ममा मृत्युको २४ घन्टाभित्र शवको दाहसंस्कार गरिसक्नुपर्ने परम्परा भएको बताँउदै सकेसम्म शिघ्र शव हस्तान्तरण गरिएको बताएका छन् ।
बन्दुकधारी संग ५ वटा हतियार रहेको र तिमध्य २ वटा सेमिअटोमेटिक हतियार रहेको बताइएको छ । उक्त आरोपीलाई अदालतमा लिएर जाँदा पनि उनी अत्यन्त आत्मविश्वासी भएर ह्वाइट सुप्रीमेसीको हाते सम्वोधन गरेको देखिएको छ ।

उक्त आरोपी टेरेन्ट न्यूजिल्याण्डको एउटा जिममा काम गर्ने शारीरीक अभ्यासका प्रशिक्षक भएको पाइएको छ । उनीले केहि समयअघि पाकिस्तान, टर्की, बुल्गेरियाजस्ता धेरै देशहरुमा भ्रमण गरेको पनि पाइएको छ । यि व्यक्तिको अष्ट्रेलीया या न्यूजिल्याण्डमा कुनै आपराधिक इतिहास र रेकर्ड नभएको पाइएको छ । सन् २०१० ताकाको उनको एसियाली देशहरुको भ्रमणका दौरान यिनी रेसिस्ट धारणामा अघि बढेको हुन सक्ने बताइन्छ ।

जिका म्यानेजर ट्रेसी ग्रेले टेनान्टले यस्तो आक्रमण गर्यो भन्ने कुरामा आफुलाई विश्वास नै नलागेको बताएका छन् । टेनान्ट खानाको सौखिन भएको र हरेक स्थानीय खाना खान उनी निकै परपरसम्म पनि पुग्ने गरेको जि म्यानेजर ट्रेसीले बताए । टेनान्टका पिताको मृत्यु क्यान्सरका कारणले सन् २०१० मा भएको र मृत्यु हुदा उनका पिता ४९ वर्षको भएको देखिन्छ । टेनान्ट सानै छँदा उनका बुवाले आमालाई छाडेको देखिन्छ । उनको परिवारीक थलो भनें अष्ट्रेलीयाको सिड्नीबाट ३०० माइल पर ग्राफ्टनमा रहेको देखिन्छ ।
टेनान्टले सन् २०१६ मा मन्टेग्रो र सर्वियामा भ्रमण गरेको पनि पाइएको छ । यस आक्रमणपछि अब न्यूजिल्याण्डले आफ्नो बन्दुक राख्न पाउने कानुनी प्रावधानलाई कडा बनाउने निर्णय गरेको बताइन्छ ।

सामान्य जिवन ब्यतित गरिरहेका टेनान्टजस्ता मान्छेको यो असाधारण र आततायी हमलाले सबैलाई पीडा र आश्चर्यमा पारेको छ । धार्मिक प्रतिरक्षा र माटोको सुरक्षार्थ उनले गरेको भनेका यो हमलाले विश्वलाई धर्म र रंगका हिसाबले बाँढेको त छैन ?
उनले यस अघि भएका यूरोपेली देशहरुमाथिको इस्लामीक आक्रमणकारीको विरोध र प्रतिशोधमा यो हमला गरेका पनि बताएका छन्, तर यो चेतनाशुन्य र बर्वरतापूर्ण कार्यको हरेक धर्म, रगं र देशहरुमा विरोध भइरहेको छ ।

लाइभमाण्डु


Loading comments...