भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन को काठमाडौंमा समुद्घाटन


गुणस्तरीय शिक्षाका लागि नेपाली बिधार्थीहरू परापुर्व कालदेखि भारतीय शैक्षिक संस्था हरूमा जाने गरेका छन् । बिशेषत भारतीय शिक्षण प्रणाली पुरानो, जिबन उपयोगी, शीप र दक्षताले भरिपुर्ण भयकाले पनि नेपाली बिधार्थी हरू मात्र नभई संसारका बिभिन्न मुलुकहरुबाट अध्ययनका लागि अन्तर्राष्ट्रिय बिधार्थी हरू भारत जाने गरेका छन् ।

कला, संस्कृति, रितिरिवाज, भाषा, खानपान देखि लिएर बसोबास र जीवनस्तरमा समानता रहनुले पनि बर्षेनी हजारौंको संख्यामा नेपाली बिधार्थी हरू भारतीय शैक्षिक संस्था हरुप्रती आकषिर्त भएका हुन् ।यसै कुरा लाई मध्यनजर गर्दै माईतिघर काठमाडौंमा अवस्थित जे आर एजुकेशनले स्थापना काल देखि नै भारतीय शैक्षिक संस्था हरू मा अध्ययनका लागि परामर्श प्रदान गर्दै आएको छ । यसै सन्दर्भमा जे आर एजुकेशनको सहकार्यमा काठमाडौंमा भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् पंजाबको इन्फर्मेसन सेन्टरको स्थापना गरिएको छ । अभिभावक तथा विद्यार्थीहरूलाई भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् पंजाब को बारेमा सहजै जानकारी पाउन सकुन् भन्ने उद्देश्यले यो सेन्टरको स्थापना गरिएको हो ।

विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने मानव संसाधन विकास गर्ने उद्देश्यले सन् 1997 मा शैक्षिक यात्रा सुरु गरेको भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् पंजाबकै उत्कृष्ट कलेज ग्रुप हो। यस समुहले सफलतापूर्वक पंजाब को विभिन्न जिल्लाहरुमा ईन्जिनियरिङ, मेनेजमेन्ट, कम्प्युटर एप्लिकेशन, ल, नर्सिङ र पोलिटेक्नीक जस्ता प्रभावकारी बिषयमा सातवटा छुट्टाछुट्टै कलेजहरु संचालन गरिरहेको छ। यो एक पंजाब टेक्निकल युनिभर्सिटी सम्बद्ध र AICTE अनुमोदित संस्था हो। संस्थाको अन्तिम लक्ष्य अझ राम्रो नागरिक सिर्जना गरी उत्तम राष्ट्र सिर्जना गर्न हो। विद्यार्थीहरूको सर्वाङगीण बिकास नै आफ्नो उपलब्धि ठान्ने यस संस्थाले उत्कृष्ट शैक्षिक पूर्बाधार र अनुसन्धानमा बिधार्थी हरू लाई केन्द्रीय गरेको छ।

अध्यान पछि को अवसरका लागि शैक्षिक संस्थान र उद्योगहरू बीच सहकार्य सहकार्यको विकास गरीएको छ ।भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् आइयसटिइ र यनबिए एक्र्डियटेड कलेज हो। भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् पंजाबको काठमाडौं इन्फर्मेसन सेन्टरको समुद्घाटन भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् का चेयरम्यान डाक्टर गुनिन्दरजित सिङ जवान्दले रिवन काटेर सेन्टरको समुद्घाटन गर्नु भयो ।समुद्घाटन समारोहमा बोल्दै भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् का चेयरम्यान डाक्टर गुनिन्दरजित सिङ जवान्धले भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् पंजाबको काठमाडौं इन्फर्मेसन सेन्टरले कलेजमा भर्ना भएका बिधार्थी हरूको अभिभावक तथा सम्भावित बिधार्थी हरू लाई आवस्यक जानकारी प्रदान गर्ने र पुर्ण रूपमा प्रबिधिको प्रयोग भएकोले निमेष भरमै कलेजको गतिबिधि, नेपाली बिधार्थी हरूको अवस्था र प्रगति बिबरण प्राप्त गर्न सकिने जानकारी दिनुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै कलेजकी डिन डाक्टर शुभ्रीत कौर जवान्धले भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् पंजाबको काठमाडौं इन्फर्मेसन सेन्टरले अभिभावक र नेपाली बिधार्थी हरू बीचको दुरी धट्ने हुदा कलेज लाई समेत रिपोर्टिङ गर्न सहज हुने जानकारी गराउनु भयो ।साथै यस कलेजका बारेमा परामर्श ब्यवसाय जगतमा जानकारी गराउने उद्देश्यले होटल याक एण्ड यतीमा
एजेन्ट -मिट कायक्रम समेत आयोजना गरिएको जानकारी गराऊनु भयो।

भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् पंजाबको काठमाडौं इन्फर्मेसन सेन्टरको नेपाल प्रतिनिधि तथा जे आर एजुकेशनले बिभिन्न भारतीय शैक्षिक संस्थाको प्रबर्धन गरिरहदा बिधार्थी हरूको स-साना समस्या हरूको समाधान सेन्टरले तुरुन्त गर्न सकिने हुनाले समयको बचत, पारदर्शिता र जवाफदेहिता कायम गर्न सहज होस् भन्ने उद्देश्यले यो सेन्टरको स्थापना गरिएको हो । जे आर एजुकेशन नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा मान्यता प्राप्त संस्था हो।

जे आर एजुकेशन नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा मान्यता प्राप्त संस्था हो। जसको माईतिघर कठमाडौंमा केन्द्रीय कार्यालय , बालकुमारी ललितपुर, बुटवल र राजविराजमा शाखा कार्यालयहरु रहेका छन् ।


Loading comments...