पर्सियन नयाँ वर्ष, नवरोज


होलीको दिन इस्लामिक पात्रोको नयाँ वर्षको शुरुवात हो भनेर हामीले हिजोको लेखमा वर्णन गरेका थियौं । विश्वका कैंयन संस्कारहरु कहिँ न कँहि जोडिएका छन्, आज हामी इस्लामिक पात्रोको नयाँ वर्ष जसलाई ‘पर्सियन’ नयाँ वर्ष भनिन्छ त्यस विषयमा कुरा गर्दैछौं । अहिलेको इरान तत्कालिन पर्सिया मानिन्थ्यो । हामीलाई विदेशी नयाँ वर्षहरुमा चीनको नयाँ वर्ष, ईस्वी संवत लगायत ल्होछार अनि नेवा सम्बतका बारेमा थाहा छ । आज ‘नवरोज’को विषयमा कुरा गरौं, नेपाली सञ्चारमाध्यम र आलेखमा यो वर्षको शुरुवातलाई उति ठाँउ दिइएको छैन तथापी चन्द्रपात्रो र इस्लामिक पात्रोको अन्योन्याश्रित सम्बन्ध छ ।

ईस्वी संवत १०८९ मा इरानका राजा जलालुद्धिन मालेशाहले हरेक वर्ष मार्च २१ तारिखलाई नयाँ वर्षका रुपमा मनाउन थाले । पछि १८ औं शताब्दीका अति धनवान भारतस्थित सुरतका नुसरभान्जी कोयाजी इरान भ्रमणमा जाँदा यस नयाँवर्षको बिषयमा थाहा पाएर भारतमा पनि मनाउने चलन स्थापित गरे । पछि अर्का बम्बईका व्यापारी मिरवान्जी पाण्डेयले आफ्नी श्रीमतीले इरानबाट फर्कंदा ल्याएको जानकारी र रौनकका आधारमा बम्बईमा पनि यस नयाँ वर्ष नवरोजका रुपमा मनाउन थालियो भन्ने इतिहास देखिन्छ । यसरी भारत उपमहाद्विपहरुमा नवरोजको चलन क्रमशः बढ्दै गयो ।

पछि नवरोजलाई पर्सियाका ठूला राजा जम्सेदसंग जोडेर जम्सेदी नवरोजका रुपमा मनाउन थालियो । जम्सेद राजाको शाषनकालमा मान्छेहरु सर्वाधिक खुशी र स्वस्थ देखिन्थे भन्ने चलन अहिलेपनि इरानी परिवारमा रहेछ, नवरोजको अर्थ सुखी, सहि र सत्यको पथमा चल्ने भन्ने लाग्दछ । इरानी भाषाबाट नेपाली शब्दकोषमा धेरै शब्दहरु आएको मानिन्छ । यस्ता आयामेली शब्दहरुमा चालक, खराब, अखबार, अचार, हजुर, हप्ता, बरफ, नक्सा, जहाज आदि शब्दहरु पर्दछन् ।

यस दिन विश्वभरिका इरानीहरुले नयाँ वर्ष मनाउछन्, अताश बेहरामको प्रार्थना गर्दछन् । मिठा मिठा पकवान र राम्रा राम्रा धारणा र शब्दहरुको यस दिन प्रयोग गरिन्छ ।


लाइभमाण्डु


Loading comments...